बीमा नहुँदा केरा किसान चिन्तित

Published on

काठमाडौं । वर्दियामा कृषि बीमा अन्तर्गत केरा खेतीको बीमा नहुँदा किसानहरू चिन्तित भएका छन् । किसानले दुःख गरेको खेती विपत् र रोग किराका कारण नोक्सान भएमा क्षतिपूर्ति दिने गरी कृषि बीमाको व्यवस्था गरेको थियो । बर्दियामा कृषि बीमा पूर्ण रुपमा लागु हुन नसक्दा किसानहरू मर्कामा परेका छन् । कृषि बीमा कम्पनीले केराको बीमा नगरी दिँदा किसानहरू मर्कामा परेका छन् । केरामा धेरै लगानी लाग्ने र कुनै कारणवस नोक्सान भएमा किसानलाई धेरै नोक्सान हुने गर्दछ । विषेशगरी हावाहुरीको कारणले केरा धेरै नै नष्ट हुन्छ । बर्दियामा कहिलेकाँही हात्ती लगायतका वन्यजन्तुबाट पनि केरामा क्षति हुने गरेको छ । कृषि बीमा कम्पनीले केरा खेतीलाई बीमा नगरीदिँदा जोखिममा परेको गुलरिया नगरपालिका वडा ४ की केरा किसान सुनिता चौधरीले बताउनुभयो । कृषि बीमा गर्दा सरकारले बीमा रकमको ८० प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ । कतिपय स्थानीय तहले पशु बीमा गर्दा २० प्रतिशत बेहोरेर निःशुल्क बीमा समेत गराएका छन् । तर धान, गहुँ लगायतका खेती र फलफूल खेतीको बीमा नै नभएको किसानहरू बताउँछन् । कृषि, पशुपन्छी तथा जडिबुटी बीमा निर्देशिका २०७९ मा बर्दिया जिल्लामा कृषि बीमाको लागि हिमालय एभरेष्ट एन्सेरियन्स कम्पनी लिमिटेडलाई तोकेको छ । तर कम्पनीले नै बीमाको कामलाई अगाडि बढाउन आनाकानी गरेको किसानहरू कृषि आधुनिकिकरण कार्यक्रमका संयोजक शम्भुप्रसाद अधिकारीले बताउनुभयो । 

बीमा गर्नका लागि कम्पनी नै तयार हुँदैनन्, बीमा गरे पनि नोक्सानको भुक्तानी पाउन समेत मुस्किल छ । उहाँले भन्नुभयो, “पहिला बीमा गर्दा पनि भुक्तानी पाउन सकिएन अहिले बीमा गर्न मुस्किल छ ।”  केरा व्यवसाय संघ बर्दियाका अध्यक्ष टोपलाल बिकले केरा बीमाको विषयमा कुनै पनि बीमा कम्पनीले कुरा गर्न नै नचाहेको बताउनुभयो । “कृषि बीमाको त कुरा नै नगर्नुस्, सरकारले दिने भने अनुदान नै दिँदैन भन्छन् बीमा कम्पनीले” उहाँले भन्नुभयो – “ राष्ट्रिय बीमा कम्पनीले समेत कृषि बीमाको बारेमा कुरा नगर्नुस् भन्छन् ।” कतिपय पालिकाहरूले पशुबीमाका लागि अनुदान दिएर किसानलाई निःशुल्क बीमा गरिदिएको बताउँदै बर्दियामा केराको बीमा नहुँदा किसानहरू मर्कामा परेको उहाँले बताउनुभयो । हिमालयन एभरेष्ट इन्सोरेन्स कम्पनी गुलरियाकी मार्केटिङ्ग अफिसर अनीसा सलामीले केरा रोपेको १५ दिनभित्र बीमा कम्पनीलाई देखाइ बीमा गर्नुपर्ने व्यवस्था भएको बताउनुभयो । उहाँले केरा ठुला भएपछि मात्र किसानहरू बीमाको लागि आउनुभएको हुँदा बीमा गर्न नसकिएको बताउनुभयो । नियममा रोपेको १५ दिनभित्र नै सम्पर्क गर्नुपर्ने व्यवास्था भएको उहाँले बताउनुभयो । सरकारले केराको लागि प्रतिबोट दुईसय ७५ रुपियाँ मुल्याङ्कन तोकेको छ । जसमध्ये ६ प्रतिशत रकम तिरेर बीमा गर्ने व्यवस्था छ । जसमध्ये ८० प्रतिशत रकम सरकारले अनुदान दिने गर्दछ । कारणवस केरा खेती नोक्सान भएमा बीमा गरेको तीन महिना भित्र ५५ प्रतिशत ६ महिना कटेमा ७० प्रतिशत, ९ महिना देखि १२ महिनासम्म ९० प्रतिशत बीमा रकम दाबी गर्न पाउने व्यवस्था रहेको छ । बर्दिया जिल्लाका ६ सय किसानहरूले ७ सय ५० हेक्टर क्षेत्रफलमा केरा खेती गरेका छन् । यस वर्ष बर्दियामा करिब ३८ हजार मेट्रिक टन केरा उत्पादन गरेका छन् । बर्दिया जिल्ला केरा खेतीमा आत्मनिर्भर भएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौँ-समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार...

मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दै

काठमाडौँ-  मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दैछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

अर्थमन्त्री वाग्ले भारत भ्रमणको दोस्रो दिन विभिन्न उच्चस्तरीय कूटनीतिक कार्यक्रममा सहभागी हुँदै

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन शुक्रबार विभिन्न उच्चस्तरीय कूटनीतिक तथा...

आज विश्वकर्मा पूजा मनाइँदै, औजार तथा सवारीसाधनको पूजा गरिँदै

काठमाडौँ – हिन्दू धर्मावलम्बीले आज असोज १ गते विभिन्न धार्मिक विधिपूर्वक विश्वकर्मा पूजा मनाउँदैछन्।...