काठमाडौं । पश्चिम बागलुङको निसीखोला गाउँपालिकामा एक महिला मृत भेटिएकी छन् । गाउँपालिकाको वडा नं. ४ जैथुम्काको उपल्लो निसी लघुजलविद्युत आयोजना परिसरमा महिलाको शव भेटिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी साहायक निरीक्षक तेजेन्द्र क्षेत्रीले जानकारी दिनुभयो । आयोजनाको ओभरफ्लोमा अन्दाजी ४५ वर्षीया महिलाको शव भेटिएको हो । शव पहिचान खुल्न सकेको छैन । पोष्टमार्टमका लागि बुर्तिबाङ अस्पताल पठाउने तयारीको गरिएको छ । घटनाको थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय बुर्तिबाङ र हरिचौरको टोली घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
निसीखोला–४ का वडाध्यक्ष टिकानिधी पौडेलले महिलाको शव निसिखोला वडा नं. ४ कै हुनसक्ने बताउनुभयो । ‘‘शवलाई अहिलेकै अवस्थामा पहिचान गर्न नसकिएपनि आफ्नै वडाको भएको अनुमान आफन्त र हामीले गरेका छौं’’ पौडेलले भन्नुभयो । गोरखापत्र

