नेपालगञ्ज टी–१२ क्रिकेट प्रतियोगिता हुँदै

Published on

काठमाडौं । नेपालगञ्जमा दुई लाख पुरस्कार राशीको रात्रीकालिन क्रिकेट प्रतियोगिता हुने भएको छ । भेरी रकर्स स्पोर्टस क्लवको आयोजनामा नेपालगन्जको बिशालनगरमा बैशाख ३ गतेदेखि रात्रीकालिन क्रिकेट प्रतियोगिता हुन थालेको हो । प्रथम हुनेलाई पहिलो संस्करणमा ५० हजार, दोस्रोमा एक लाख हुँदै तेस्रो संस्करणमा एक लाख २५ हजार रुपियाँ नगद पुरस्कार राशी राखेको क्लवले चौथो संस्करणमा भने दुई लाख पुरस्कार राशी राखेको छ ।

टेनिस बलले खेलिने प्रतियोगिता १० ओभरको हुनेछ । ३२ वटा टीमले भाग लिने प्रतियोगिताको उपविजेताले एक लाख रुपियाँ पाउने क्लवका अध्यक्ष मोहम्मद साजिद खानले जानकारी दिनुभयो । प्रतियोगितामा करिव २० लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ । क्लवले आयोजना गरेको यो चौथो संस्करण हो । क्लवका सचिव साहिल अन्सारीका अनुसार यस प्रतियोगितालाई सफल बनाउन नेपालगञ्ज उप–महानगरपालिका, लुम्विनी खेलकुद परिषद तथा अन्य थुपै व्यक्ति तथा संस्थाको सहयोग रहेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...