बर्दिबासमा बेवारिसे शव फेला, पहिचान खुल्न बाँकी

Published on

काठमाडौं । महोत्तरी जिल्लाको बर्दिबास बजार क्षेत्रमा  एक अपरिचित व्यक्तिको बेवारिसे शव फेला परेको छ। स्थानीय बासिन्दाले सडक किनारमा शव देखेपछि तत्काल प्रहरीलाई जानकारी गराएका थिए। इलाका प्रहरी कार्यालय बर्दिवासका अनुसार बिहानै नियमित आवतजावतका क्रममा स्थानीयले शंकास्पद अवस्थामा एक पुरुषको शव देखेपछि खबर गरेका हुन्। सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी को टोली घटनास्थलमा पुगेर आवश्यक प्रक्रिया सुरु गरेको थियो।घटनास्थलमा पुगेको प्रहरी टोलीले शवको प्राकृतिक मुचुल्का तयार पार्नुका साथै प्रारम्भिक अनुसन्धान अघि बढाएको जनाएको छ। शव हेर्दा करिब ३०(३५ वर्ष उमेर समूहको पुरुष जस्तो देखिएको र पहिचान खुलाउने कुनै कागजात वा प्रमाण तत्काल फेला नपरेको प्रहरीले जनाएको छ।

शवलाई पोस्टमार्टमका लागि नजिकको स्वास्थ्य संस्थामा पठाइएको छ। मृत्युको कारण पोस्टमार्टम रिपोर्ट बाट मात्र थाहा हुने प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको र मृतकको पहिचान खुलाउन आसपासका जिल्ला तथा हराएका व्यक्तिहरूको विवरणसँग मिलान गर्ने कार्य भइरहेको जनाएको छ। साथै, यदि कसैले हराएका आफन्तको खोजी गरिरहेको भए नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ। गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...