सिद्धबाबा सुरूङमार्ग निर्माणले गति लियो, कात्तिकभित्र सञ्चालन गर्ने तयारी

Published on

निर्माणाधीन सिद्धबाबा सुरूङ मार्गको काम ७० प्रतिशत सम्पन्न भएको छ। आयोजनाका अनुसार वित्तीय प्रगति ६३ प्रतिशत पुगेको छ भने सुरुङभित्रको फिनिसिङ कार्य सकेर आगामी कात्तिक मसान्तसम्म सवारी सञ्चालन गर्ने तयारी गरिएको छ।

मौसमका कारण केरुङ नाकामा निर्माण सामग्री रोकिँदा काममा ढिलाइ भएपछि असोजको लक्ष्य एक महिना सारिएको हो। हाल मुख्य सुरुङको सिभिल निर्माण सकिएर विद्युतीकरण र प्रवेशद्वार निर्माण भइरहेको छ।

७ अर्ब ३४ करोड २१ लाख ४० हजार रुपैयाँ लागतको यो आयोजना पूरा भएपछि सिद्धबाबा क्षेत्रको जोखिमपूर्ण सडक सुरक्षित बन्नुका साथै तराई–पहाड आवतजावत सहज हुने अपेक्षा गरिएको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...