बसोवास फेरिएपनि जीवनशैली फेरिएन

विगत दशकौ देखी जङ्गलमा वसोवास गर्दै जङ्गली आहारामा वाच्दै आएका राउटे समुदाय अहिले लोप हुने अवस्थामा पुगेको छ । त्यसवेला गिठा, तरुल, कन्दमुल लगायतका जङ्गली खानपानमा हुर्कीएको ठुलो राउटे समुदायलाई जङ्गलवाट समाजमा स्थानान्तरण गर्दा समेत उनिहरुको जिवनशैलीमा कुनै पनिवर्तन भएको छैन । नेपाल सरकारले राउटे समुदायलाई जङ्गलवाट गाउँमा बसोवास गराएयता राउटे समुदाय झन समस्यामा परेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लामसेट्टीमा बसोवास गर्दै आएका राउटे समुदायहरुको अहिले पनि जिवनशैली उस्तै छ । उनीहरुलाई परिवार पाल्न समेत समस्या भएको छ । जिल्लाको भीमदत्त नगरपालिकामा वडा–९ खल्लामसेट्टीमा बसोवास गर्दै आएका बडसिंह राउटेले भत्ताको भरमा जिवन चलाउन नपुग्ने बताए । सरकारले दिने भत्ताले खान लाउन पुग्दैन’, उनले भने,‘ केही रोजगार भएपछि घर समेत वनाउन सकिन्थ्यो ।’
गाउँमा बसोबास गरेवाट सामुदायिक वनले जङ्गल भित्रै पस्न नदिने बताउदै उनले काठवाट हुने रोजगात तथा आफ्नो सिप पनि हराएको बताए । राउटे समुदाय जङ्गलमा भएको बेला काठका भाँडाकँुडानै मुख्य आम्दानीको श्रोत थियो । गाउँले जीवन भन्दा जङ्गलमै राम्रो लाग्छ’, बडसिंहले भन्छन्,‘गाउँमा सवैले हेला गर्छन, दुख दिन्छन् यो भन्दा त जङ्गल नै रमाईलो लाग्छ ।’सानो क्षेत्रफलमा गहुँ लगाएका उनलाई सिचाई गर्न बगेको पानी सेमत पाईदैन ।
उनले भने, ‘ ऐलानी जमिनमा सानो खेत बनाएको छु, त्यासमा सिचाई गर्न समेत गाउँलेले पानि समेत दिन्नन् ।’ बडसिंहका अनुसार दिनभरी केही काम हुन्न जङ्गल हेरेर बस्ने बताए ।
बडसिंह भन्छन, ‘जङ्गलमा खानलाई धेरै कुरा मिल्थ्यो, समाजमा आईसकेपछि सधैजसो भोकै सुत्नुपर्छ ।’
यस्तै अर्का जैलाल राउटेले समाजमा आएपछि बसोबास मात्रै परिवर्तन भएको र जिवनशैली झन् नराम्रो भएको बताए । जङ्गलमा गिठा, तरुल, कन्दमुल तथा मासु वाट जिवन चलाउन सजिलो थियो, उनले भने, ‘अहिले सबै थोक किन्नुपर्छ ।’
उनले आफ्नौ परिवारको दैनिकी चलाउन कडिपत्ता बेचिरहेको बताए ।
कञ्चनपुर जिल्लाभरी राउटे समुदायको कुनै बेला उल्लेख्य जनसङ्ख्या भएपनि अहिले भने ३ ओटा राउटे परिवार मात्रै वसोवास गर्ने गर्दछन् ।

ताजा समाचार