उत्तर कोरियाको विदेशमन्त्रीमा महिला

Published on

काठमाडौं २९ जेठ । उत्तर कोरियाली विदेशमन्त्रीमा पहिलो पटक महिला नियुक्त भएकी छन् । अनुभवी कूटनीतिज्ञ चोए सोन हुई उत्तर कोरियामा पहिलो पटक महिला विदेशमन्त्री बनेकी हुन् ।

हुईले यसअघि उपविदेशमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् । अंग्रजी भाषामा पनि राम्रो दख्खल भएकी उनले री सोन ग्वोनलाई विस्थापित गरेकी हुन् । कूटनीतिक सेवाबाट आएकी हुईले विभिन्न देशसँगको वार्ताका क्रममा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी छन् ।

तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीचको शिखर बैठकमा पनि उनको उल्लेखनीय भूमिका थियो । उत्तर कोरिया र विभिन्न शक्तिराष्ट्रबीचका वार्ता तथा छलफलमा सक्रिय सहभागिता जनाउँदै आएकी हुईले विदेश मन्त्रालयको जिम्मेवारी प्रभावकारी रूपमा निर्बाह गर्ने अपेक्षा गरिएको छ । एएफपी

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...