गठबन्धन सरकारले लिपुलेख, लिम्पियाधुरा र कालापानीलाई समस्या मानेन : ओली

Published on

चन्द्रकान्त जोशी, काठमाडौं १५ भदौ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारले लिपुलेख, लिम्पियाधुरा र कालापानीलाई समस्या नमानेको आरोप लगाएका छन् । पार्टि प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न बुधबार कञ्चनपुर पुगेका ओलीले आफ्नो पालाको सरकारले लिपुलेख, लिम्पियाधुरा र कालापानी लाई संविधान संशोधन गरेर नक्सा समेत सार्वजनिक गरेको बताउँदै वर्तमान गठबन्धन सरकारले चुच्चे नक्सालाई समस्या नै नमानेको बताएका हुन् । वर्तमान सरकारका प्रधानमन्त्री शेर बहादुर देउवा भारत भ्रमण गएको समयमा चुच्चे नक्साको विषयमा वार्ता गर्नुको साटो चुच्चे नक्सालाई समस्या नै नमानेको ओलीको आरोप छ । ओलीले हाम्रो जमिन फिर्ता लिन्छौ भन्न पनि नसक्नु गठबन्धन सरकारको लाजमर्दाे उदाहरण भएको समेत बताए ।
उक्त कार्यक्रममा ओलीले एमाले छोडेर समाजवादी पार्टिमा गएका नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश समेत गराएका छन् । पार्टि प्रवेश गर्ने क्रममा सुदूरपश्चिम प्रदेश सरकारका राज्य मन्त्री कुलविर चौधरी, समाजवादी पार्टिका प्रदेश अध्यक्ष विक्रम बहादुर साही, पूर्वमन्त्री तारा लामा तामाङ, वेदकोट नगरपालिकाका पूर्व मेयर अशोक कुमार चन्द लगायत अन्य नेता कार्यकर्ता समेत नेकपा एमालेमा सामाहित भएका छन् ।

ताजा समाचार

गौशाला धर्मशाला विवाद : ६ सदस्यीय अध्ययन समिति गठन

काठमाण्डौँ । संस्कृति, पर्यटक तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति गौशाला धर्मशालाको विषयमा यथार्थता अध्ययन...

अफगानिस्तानमा विस्फोट स् तीन जना बालबालिकाको मृत्यु, तीन घाइते

काठमाण्डौँ । पूर्वी अफगानिस्तानको गजनी प्रान्तमा विस्पोट हुँदा तीन जना बालबालिकाको मृत्यु हुनुका साथै...

घटालथानको निर्माण अलपत्र

काठमाण्डौँ । प्रसिद्ध धार्मिक पीठ घटालथानको स्वरुप परिवर्तन गर्न सङ्घीयतापछि ठेक्का सम्झौतामार्फत पहिलो पटक...

२२ हजारभन्दा बढीमा डेंगु पुष्टि, ११ को मृत्यु

काठमाण्डौँ । देशभर २२ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । ११ जना...