गठबन्धन सरकारले लिपुलेख, लिम्पियाधुरा र कालापानीलाई समस्या मानेन : ओली

Published on

चन्द्रकान्त जोशी, काठमाडौं १५ भदौ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारले लिपुलेख, लिम्पियाधुरा र कालापानीलाई समस्या नमानेको आरोप लगाएका छन् । पार्टि प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न बुधबार कञ्चनपुर पुगेका ओलीले आफ्नो पालाको सरकारले लिपुलेख, लिम्पियाधुरा र कालापानी लाई संविधान संशोधन गरेर नक्सा समेत सार्वजनिक गरेको बताउँदै वर्तमान गठबन्धन सरकारले चुच्चे नक्सालाई समस्या नै नमानेको बताएका हुन् । वर्तमान सरकारका प्रधानमन्त्री शेर बहादुर देउवा भारत भ्रमण गएको समयमा चुच्चे नक्साको विषयमा वार्ता गर्नुको साटो चुच्चे नक्सालाई समस्या नै नमानेको ओलीको आरोप छ । ओलीले हाम्रो जमिन फिर्ता लिन्छौ भन्न पनि नसक्नु गठबन्धन सरकारको लाजमर्दाे उदाहरण भएको समेत बताए ।
उक्त कार्यक्रममा ओलीले एमाले छोडेर समाजवादी पार्टिमा गएका नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश समेत गराएका छन् । पार्टि प्रवेश गर्ने क्रममा सुदूरपश्चिम प्रदेश सरकारका राज्य मन्त्री कुलविर चौधरी, समाजवादी पार्टिका प्रदेश अध्यक्ष विक्रम बहादुर साही, पूर्वमन्त्री तारा लामा तामाङ, वेदकोट नगरपालिकाका पूर्व मेयर अशोक कुमार चन्द लगायत अन्य नेता कार्यकर्ता समेत नेकपा एमालेमा सामाहित भएका छन् ।

spot_img

ताजा समाचार

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने...

गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...