पाँच वर्षभित्र जोगबुढा नदीमा दुई लेनको पक्की पुल बनाउँछौं : रमेश लेखक

Published on

महेन्द्रनगर – नेपाली कांग्रेसका नेता तथा कञ्चनपुर–३ का सत्ता गठबन्धनका साझा उम्मेदवार रमेश लेखकले जोगबुढा नदीमा दुई लेनको पक्की पुल बनाउने बताएका छन् । आसन्न मंसिर ४ मा हुने निर्वाचनका लागि सोमबार घरदैलो अभियानका क्रममा लेखकले पाँच वर्षपछिको निर्वाचनमा जोगबुढा नदीमा दुई लेनको पक्की पुल बनाएर मोटर चढेर भोट माग्ने आउने बताए ।
‘जोगबुढा नदीमा बनेका पक्की पुल मै मन्त्री हुँदा बजेट हालेर बनाएँ । तर अहिले एमालेहरू भ्रम छर्दै हामीले बनाएको भन्दैछन् भन्ने सुन्छु,’ उनले भने । स्थानीय स्तरमा जोगबुढा नदीको कटान नियन्त्रण ठुलो समस्याका रूपमा देखिएको बताउँदै उनले भारतसँग उत्तर–पश्चिममाको सीमा शून्य बिन्दुदेखि वडा नम्बर ३ सम्म तटबन्ध निर्माण आफू मन्त्री हुँदा गरेको बताए ।

‘२०७४ मा बेलबहादुर रानाजी र म चुनाव हार्दा त्यो तटबन्ध निर्माण पनि त्यही रोकियो,’ उनले भने, ‘मंसिर ४ को निर्वाचनमा हामी दुवैलाई जिताउनुहोस्, कुतियाकवरसम्म नदी नियन्त्रणका लागि बाँध बनाएर बस्ती सुरक्षित गर्ने जिम्मा हाम्रो भयो ।’ २०७० सालको संविधानसभाको निर्वाचनका बेला दोधारा चाँदनी नगरपालिका–८ सुन्दरनगर क्षेत्रमा भोट माग्न जाँदा लेखक जोगबुढा नदीमा किस्ती चढेर पुगेका थिए ।

‘२०७० सालमा यहाँ भोट माग्न आउँदा किस्ती चढेर जोगबुढा तरेर आवतजावत गर्दा तपाईँहरूले झोलुङ्गे पुल माग गरेको सम्झना छ,’ लेखकले भने । उनले अगाडि भने, ‘मैले त्यही बेला यहाँ झोलुङ्गे पुल बनाउन नसके अर्को पाली भोट माग्न आउँदैनन् भनेको थिए, आज हामी त्यही बनाएको झोलुङ्गे पुल तरेर पुनः भोट माग्न आएका छौं ।’

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...