काठमाडौं महानगरपालिकाले सबै वडामा महिला सञ्जाल गठन गर्ने

Published on

काठमाडौं – काठमाडौं महानगरपालिकाले सबै वडामा महिला सञ्जाल गठन गर्ने निर्णय गरेको छ। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सो निर्णय गरिएको औपचारिक जानकारी गराउनु भएको हो। 

बुधबार काठमाडौंमा आयोजित ‘काठमाडौं महानगरपालिका, वडा महिला सञ्जाल: गठन र सञ्चालन सम्बन्धी छलफल’ कार्यक्रममा बोल्दै उहाँले एक हप्ता भित्र सबै वडामा सञ्जाल गठन गरिसक्न निर्देशन दिनुभयो। 

उपप्रमुख डंगोलले सो सञ्जालमा काम गर्दाखेरी पुरुषमाथि कुनै पनि किसिमको विभेद नहुने पनि पटकपटक दोहोर्‍याउनु भयो। उहाँले भन्नुभयो, ‘महिला सञ्जाल वडावडामा गठन गर्नुपर्छ भन्ने अभियान अघि बढाएका छौँ। न्यायिक समिति र महिला सञ्जालको मुख्य उद्देश्य भनेको मेलमिलाप नै हो। कुनै पनि द्वन्द्वको निरूपण गर्ने विधि भनेको मेलमिलाप नै हो। मेलमिलाप गराउनका लागि वडावडामा मेलमिलाप केन्द्र पनि स्थापना गरिएको छ। महिला सञ्जालमा पुरुष र महिलामा कुनै पनि किसिमको विभेद नगरी न्याय निरूपण गरिन्छ। अब वडा वडामा एक हप्ता भित्र महिला सञ्जाल गठन गर्न आग्रह गर्दछु।’

काठमाडौं महानगरपालिकाले यसअघि नै समाजमा हुने द्वन्द्व व्यवस्थापनका लागि भन्दै सबै वडामा मेलमिलाप केन्द्र स्थापना गरिसकेको छ। उपप्रमुख डंगोलले समाजमा मेलमिलापको वातावरण निर्माण गर्दै महिला र पुरुषबीचको विभेद अन्त्य गर्न सो केन्द्र स्थापना गर्नु परेको बताउनुभयो।  

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले, स्थानीय सरकार सबल भए प्रहरीमा पर्ने गरेका लैङ्गिक विषयसँग सम्बन्धित उजुरीको सङ्ख्या कम हुने बताउनुभएको छ । उपप्रमुख डङ्गोलको अध्यक्षतामा बसेको वडाका महिला सदस्य, दलित महिला सदस्य र हिंसा व्यवस्थापनका लागि काम गर्ने सरोकारवाला कार्यालयका प्रतिनिधिसहितको भेलामा प्रमुख शाहको यस्तो बताउनुभएको हो ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...