मालीका द्वन्द्व प्रभावित नागरिकलाई संयुक्त राष्ट्रसङ्घको सहयोग

Published on

काठमाडौं । मालीका द्वन्द्व प्रभावित नागरिकलाई संयुक्त राष्ट्रसङ्घले सहयोग गरेको छ । संयुक्त राष्ट्रसङ्घले ती नागरिकका लागि ७० लाख अमेरिकी डलर सहयोग गरिएको जनाएको हो । संयुक्त राष्ट्रसङ्घीय आपतकालीन कोषबाट मालीमा हालैका दिनमा समस्यामा परेका नागरिकको सहयोगका लागि सो रकम उपलब्ध गराइएको बताइएको छ ।

खासगरी मालीको उत्तरी क्षेत्रका नागरिक असुरक्षाका साथै अन्य समस्यामा परेका बताइएको छ । यहाँका कम्तीमा पनि चार लाख २३ हजार जना नागरिक यसरी प्रभावित भएका पनि बताइएको छ । संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसका प्रमुख प्रवक्ता स्टेफान डुजारिकले सो क्षेत्रमा विभिन्न समस्यामा परेका नागरिकको सहयोगका लागि संयुक्त राष्ट्रसङ्घीय आपतकालीन कोषबाट हालका लागि ७० लाख अमेरिकी डलर बराबरको रकम निकासा गरिएको बताउनुभएको हो ।

साथै, यस वर्षमात्र सो क्षेत्रमा ६० लाखभन्दा पनि बढी मानिस प्रभावित हुने भएकाले उनीहरुका लागि ठूलो रकम आवश्यक पर्ने पनि बताउनुभयो । मालीमा लामो समयदेखि द्वन्द्व जारी छ । यसका कारण यहाँका दशौँ लाख नागरिक प्रभावित भएका छन् । उनीहरुको सहयोगका लागि संयुक्त राष्ट्रसङ्घले समयसमयमा सहयोग गर्दै आएको छ । रासस/सिन्ह्वा

spot_img

ताजा समाचार

पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले नेपाल-चीन सम्बन्धमा नकारात्मक असर पुर्‍याउने किसिमका गतिविधिमा संलग्न दोषीमाथि छानबिन...

हावाहुरीसहितको असिनाले किसान चिन्तित, हजारौँ बिघाको बाली नष्ट

काठमाडौं । सुनसरीमा सोमबार राति आएको हावाहुरीसहितको असिनापानीले मकै, गहुँ तथा तरकारी बालीमा ठुलो...

भुजीखोला बाढीको पाँच वर्ष : पीडित अझै आवासविहीन

काठमाडौं । पश्चिम बागलुङको भुजीखोलामा भीषण बाढी आएको पाँच वर्ष बितिसक्दा पनि पीडितले आवास...

क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गराउन र प्रारम्भिक उपचारका...