फिनल्याण्डका प्रधानमन्त्री मारिन पदच्युत, कन्जरभेटिभलाई अग्रता

Published on

काठमाडौं । फिनल्याण्डको प्रमुख कन्जरभेटिभ पार्टीले आइतबार भएको संसदीय निर्वाचनमा पहिलो स्थान प्राप्त गर्न सफल भएको छ । निर्वाचनमा दक्षिणपन्थी पपुलिस्ट पार्टी दोस्रो बनेको छ भने प्रधानमन्त्री सन्ना मारिनको सोसल डेमोक्र्याटिक पार्टीलाई तेस्रो स्थानमा राखेको छ । मतगणनाको अन्तिम परिणामले मध्यदक्षिणपन्थी राष्ट्रिय गठबन्धन पार्टी (एनसीपी) लाई २०.८ प्रतिशत मतसहित पहिलो दल भएको देखाएको छ भने द फिन्सले २०.१ प्रतिशत मत प्राप्त गरेको छ । त्यस्तै सोसल डेमोक्र्याटले १९.९ प्रतिशत मत प्राप्त गरेको छ । शीर्ष तीन दलले करिब २० प्रतिशत मत प्राप्त गरेकाले कुनै पनि दल एक्लैले सरकार बनाउन सक्ने अवस्था देखिएको छैन । नर्डिक देश (फिनल्याण्ड) को संसदमा २०० सिटका लागि २२ दलका दुई हजार ४०० भन्दा बढी उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए ।

“यो नतिजाका आधारमा फिनल्यान्डमा नयाँ सरकार गठनका लागि राष्ट्रिय गठबन्धन गर्न पार्टीको नेतृत्वमा वार्ता सुरु गरिनेछ,’ कन्जरभेटिभ पार्टीका उत्साही नेता पेटेरी ओर्पोले भन्नुभयो । ३७ वर्षको उमेरमा युरोपकी सबैभन्दा कान्छी नेतृ बन्न सफल मारिनले युक्रेनको समर्थन र नेटोमा सामेल हुन फिनल्यान्डको सफल आवेदनको पक्षमा वकालत गर्ने राष्ट्रपति सौली निनिस्तोसँग उहाँको प्रमुख भूमिकाको लागि अन्तर्राष्ट्रिय प्रशंसा प्राप्त गर्नुभएको छ । फिनल्याण्डका पूर्व अर्थमन्त्री तथा सम्भावित नयाँ प्रधानमन्त्री ५३ वर्षीय ओर्पोले आफ्नो आगामी कार्यकालमा कीभसँग नर्डिक देशको ऐक्यबद्धता बलियो रहने विश्वास दिलाउनुभयो ।

ओर्पोले भन्नुभयो, “पहिले युक्रेनबारे हामी युक्रेनी जनताको साथमा छौँ,” ओर्पोले भन्नुभयो । हामी यो भयानक युद्ध स्विकार्न सक्दैनौँ । हामी युक्रेन, युक्रेनी जनता मद्दत गर्न आवश्यक सबै काम गर्नेछौँ किनभने तिनीहरूले हाम्रो लागि पनि लडेका छन् । यो स्पष्ट छ ।” “रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनलाई सङ्केत गर्दै उहाँले भन्नुभयो, “युक्रेनबाट रुस तत्काल फिर्ता हुनुको कुनै विकल्प छैन किनभने मस्कोको युक्रेनी जनतासँग हार हुनेछ ।” रुससँग लामो सीमा जोडिएको फिनल्यान्डले यसै साताको सुरुमा नेटो सदस्य बन्ने अन्तिम अड्चन फुकाएको थियो भने गठबन्धनका सदस्य टर्की र हङ्गेरीले देशको सदस्यता लिने प्रयासमा हस्ताक्षर गरेका थिए ।

फिनल्यान्डको संसद् एडुसकुन्टामा एनसीपीले ४८ सिट जितेको छ भने आप्रवासन र युरोपेली सङ्घविरोधी एजेन्डामा चलेको राष्ट्रवादी पार्टी फिन्सले क्रमशः ४६ सिट र मरिनको सोसल डेमोक्र्याट्सले ४३ सिट पाएका छन् । पर्यवेक्षकहरूका अनुसार यो परिणामले फिनल्यान्डको राजनीतिक परिदृश्यमा शक्ति परिवर्तन को अर्थ राख्छ किनकि राष्ट्रले अब राष्ट्रवादी स्वरको साथ नयाँ केन्द्र–दक्षिणपन्थी सरकार पाउने सम्भावना छ । सरकारले सन् २०१९ देखि देश तथा विदेशमा निकै लोकप्रिय प्रधानमन्त्री मारिनलाई मध्य वामपन्थी मन्त्रीमण्डलबाट प्रतिस्थापन गर्ने भएको छ । संसदमा बहुमत प्राप्त मन्त्रिमण्डल गठन गर्ने लक्ष्यका साथ आगामी दिनमा एनसीपीको नेतृत्वमा सरकार गठनका लागि वार्ता सुरु हुने अपेक्षा गरिएको छ ।रासस/एपी

spot_img

ताजा समाचार

नेपालमा निर्धक्क भएर लगानी गर्न भारतीय उद्योगी व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा निर्धक्क भएर लगानी गर्न भारतीय उद्योगी तथा...

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच आज भेटवार्ता हुँदै, १० बुँदे दृष्टिपत्र सार्वजनिक गर्ने तयारी

काठमाडौं - भारतको दुईदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच...

प्रधानमन्त्री वालेन्द्र शाहज्यू दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ - प्रधानमन्त्री वालेन्द्र शाहज्यू दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ।...

गल्कोट घुम्टे सहकारीको नयाँ सञ्चालक समिति निर्विरोध चयन, वित्तीय अवस्था सार्वजनिक

काठमाडौं – काठमाडौंको शंखमूल, नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको गल्कोट घुम्टे बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको...