प्रधान सेनापति ट्रफी २०७९ सुरु

Published on

काठमाडौं । प्रधान सेनापति ट्रफी-२०७९ खेलकुद प्रतियोगिता सोमबारदेखि सुरु भएको छ । जङ्गी अड्डास्थित खेल मैदानमा सुरु भएको प्रतियोगिताको प्रधान सेनापति महारथी प्रभुराम शर्माले उद्घाटन गर्नुभयो ।

वैशाख १० गतेसम्म संचालन हुने यस प्रतियोगितामा पृतना, युद्ध मद्दती बाहिनी र विशेष फौज बाहिनीका गरी  जम्मा १४ वटा टिमको सहभागिता रहेको छ । उद्घाटन अवसरमा पृतना तथा बाहिनीहरुबाट मार्चपाष्ट तथा खेलाडीहरुबाट विभिन्न खेल विधा सम्बन्धी कला प्रस्तुत गरिएको थियो ।
नेपाली सेना संसारमै दुर्लभ एक सिङ्गे गैँडाको संरक्षण गर्न एक सिङ्गे गैँडाको मास्कट समेत प्रदर्शन गरेको थियो । प्रतियोगिताको पहिलो दिन महिला तथा पुरुष १५०० मिटर दौडका विजेतालाई प्रधान सेनापतिले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगितामा तेक्वान्दो, बक्सिङ्ग, पौडी, आर्चरी, एथ्लेटिक्स, सुटिङ, भलिबल, बास्केटबल र फुटबल लगायतका खेलहरु समावेश गरिएको छ । 
उद्घाटन अवसरमा रक्षा सचिव, युवा तथा खेलकुद मन्त्रालयका सचिव, पूर्व प्रधान सेनापतिहरु, वहालवाला तथा अवकास प्राप्त रथीबृन्द, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षकहरु, राष्ट्रिय खेलकुद परिषद्‍का सदस्य सचिव, सैनिक श्रीमति संघका पदाधिकारीहरु, सैनिक सहचारीहरु, खेलकुद सम्बद्ध संघसंस्थाका अध्यक्ष तथा पदाधिकारीहरु, नेपाली सेनाका अधिकृत, संचारकर्मीलगायतको उपस्थिति रहेको थियो । 
खेलाडीको प्रतिभा पहिचान गर्ने उद्देश्यका साथ नेपाली सेनाले २०६५ सालदेखि प्रधान सेनापति ट्रफी खेलकुद प्रतियोगिता संचालन गर्दै आएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...