पाकिस्तानमा आतङ्कवादीको झडपमा चार जना प्रहरी मारिए

Published on

काठमाडौं । दक्षिण पश्चिम पाकिस्तानमा आतङ्कवादीसँगको झडपमा चार जना प्रहरीको मृत्यु भएको छ । बलुचिस्तान प्रान्तमा आतङ्कवादीसँग आज (मङ्गलबार) बिहान भएको झडपमा चार जना प्रहरीले ज्यान गुमाएका कानुन कार्यान्वयन निकायले जनाएका छन् ।

प्रान्तीय राजधानी क्वेटामा आतङ्कवादीहरूबारे गुप्तचर सूचना पाएपछि खोजी अभियान चलाइरहेका क्वेटा दुई पक्षबीच गोली हानाहान भएको थियो । त्यसक्रममा दुई प्रहरीको घटनास्थलमै मृत्यु भएको तथा अन्य दुई जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले विद्रोहीतर्फ भएको क्षतिबारे जानकारी दिएको छैन । हिजो सोमबार सोही सहरमा भएका दुई वटा विष्फोटमा चार जनाको ज्यान गएको र १९ जना घाइते भएपछि प्रहरीले आतङ्कवादीविरुद्ध खोजी अभियान थालेको थियो । आतङ्कवादीले प्रहरीका सवारी साधनलाई लक्ष्य गरी बम बिछ्याएका थिए । उक्त घटनामा घाइते भएकामा अधिकांश सर्वसाधारण पैदलयात्री छन् । आक्रमणमा जिम्मेवारी प्रतिबन्धित बलुचिस्तान लिबरेशन आर्मीले लिएको छ । रासस/सिन्ह्वा

spot_img

ताजा समाचार

पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले नेपाल-चीन सम्बन्धमा नकारात्मक असर पुर्‍याउने किसिमका गतिविधिमा संलग्न दोषीमाथि छानबिन...

हावाहुरीसहितको असिनाले किसान चिन्तित, हजारौँ बिघाको बाली नष्ट

काठमाडौं । सुनसरीमा सोमबार राति आएको हावाहुरीसहितको असिनापानीले मकै, गहुँ तथा तरकारी बालीमा ठुलो...

भुजीखोला बाढीको पाँच वर्ष : पीडित अझै आवासविहीन

काठमाडौं । पश्चिम बागलुङको भुजीखोलामा भीषण बाढी आएको पाँच वर्ष बितिसक्दा पनि पीडितले आवास...

क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गराउन र प्रारम्भिक उपचारका...