कङ्गोमा बाढीका कारण एक सय बढीको मृत्यु

Published on

काठमाडौं । पूर्वी कङ्गोको दक्षिणी किभु प्रान्तमा रातभर परेको भीषण वर्षाका कारण आएको बाढी र पहिरोमा परी एक सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

क्षेत्रीय सरकारी अधिकारी थोमस बेकेन्गेले कालेहेको प्रभावित क्षेत्रको निरीक्षण गरेपछि सोबारे जानकारी दिनुभएको हो ।

उहाँले नजिकैको किभु तालको किनारबाट शव सङ्कलन भइरहेको पनि बताउनुभएको छ । बिहीबार साँझबाट सुरु भएको भारी वर्षापछि दुईवटा नदीले आफ्नो किनार तोडेर विनाश मच्चाएका छन् । त्यसैगरी पहिराले सयौँ घरहरू ध्वस्त भएका छन् भने अन्य ठूलो धनजनको क्षति भएको बताइएको छ ।

न्यामुकुबी गाउँका ७५ प्रतिशतभन्दा बढी घरहरू बाढीले बगाएको स्थानीय बासिन्दाले अनुमान गरेका छन् । रासस/एएनआई

ताजा समाचार

गाजामा इजरायली हमलामा पूर्वप्रहरी प्रमुखसहित ११ जनाको मृत्यु

काठमाडौँ । गाजाको नागरिक सुरक्षा एजेन्सीले बिहीबार इजरायली हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु...

दोस्रो स्थानमा उक्लियो आर्सनल

काठमाडौँ । आर्सनल इङ्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । बुधबार राति...

मुस्ताङमा पर्यटक आगमन वृद्धि

काठमाडौँ । मुस्ताङमा सन २०२४ मा विदेशी पर्यटक आगमन ५० प्रतिशतले वृद्धि भएको छ...

पैँतिस विमानस्थल सञ्चालनमा

काठमाडौँ । कैलालीको टीकापुर विमानस्थलमा साताको तीन उडान सुरु भएसँगै देशभर सञ्चालनमा रहेका विमानस्थलको...