प्रधान सेनापति शर्मा र बेलायती लेफ्टिनेन्ट नोर्टोनबीच भेट

Published on

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्मासँग संयुक्त अधिराज्य बेलायतको रोयल कलेज अफ डिफेन्स स्टडिजका सेनापति लेफ्टिनेन्ट जेनेरल सर जर्ज नोर्टोनले भेटवार्ता गर्नुभएको छ । मङ्गलबार जङ्गी अड्डामा पुगेर सेनापति लेफ्टिनेन्ट जेनेरल नोर्टोनले प्रधान सेनापति शर्मासँग भेटवार्ता गर्नुभएको हो ।

सेनापति लेफ्टिनेन्ट जेनेरल नोर्टोनको नेतृत्वमा उक्त कलेजको १९ सदस्यीय टोली ६ दिवसीय अध्ययन भ्रमणका लागि हिजो (सोमबार) नेपाल भ्रमणमा आएको हो ।

उक्त टोलीले जङ्गी अड्डा, श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रका साथै ऐतिहासिक एवम् पर्यटकीय स्थलहरूको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

विभिन्न राष्ट्रहरूमा सञ्चालित उच्चस्तरका सैनिक तालिममा सहभागी शिक्षार्थीहरूले विभिन्न मुलुकहरूको अध्ययन भ्रमण गर्ने प्रचलन रही आएको छ । नेपालमा मित्रराष्ट्रहरूबाट हुने यस किसिमको भ्रमणले सम्बन्धित देशहरूसँगको सम्बन्धलाई सुमधुर बनाउन मद्दत पुग्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

spot_img

ताजा समाचार

पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले नेपाल-चीन सम्बन्धमा नकारात्मक असर पुर्‍याउने किसिमका गतिविधिमा संलग्न दोषीमाथि छानबिन...

हावाहुरीसहितको असिनाले किसान चिन्तित, हजारौँ बिघाको बाली नष्ट

काठमाडौं । सुनसरीमा सोमबार राति आएको हावाहुरीसहितको असिनापानीले मकै, गहुँ तथा तरकारी बालीमा ठुलो...

भुजीखोला बाढीको पाँच वर्ष : पीडित अझै आवासविहीन

काठमाडौं । पश्चिम बागलुङको भुजीखोलामा भीषण बाढी आएको पाँच वर्ष बितिसक्दा पनि पीडितले आवास...

क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गराउन र प्रारम्भिक उपचारका...