डढेलोमा परी पूर्वी कजाकिस्तानमा तीन जनाको मृत्यु

Published on

काठमाडौं । पूर्वी कजाकिस्तानको अवाइ क्षेत्रमा बिहीबारदेखि जङ्गलमा लागेको डढेलोमा परी तीन जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् ।

आगो निभाउने, खोजी र उद्धार कार्यमा आठ सयभन्दा बढी मानिस परिचालित भएका छन् ।  जोखिममा रहेका करिब सात सय  बासिन्दालाई विस्थापित गरी आश्रयस्थलहरू पुनः स्थापना गरिएको छ ।

उच्च तापक्रम, तीव्र हावाको हावाहुरीका बाबजुद पनि भयावह स्थिति नियन्त्रणमा ल्याइएको कजाखको आपत्कालीन अवस्था मन्त्रालयको अग्नि सेवा समितिका अध्यक्ष नुरबोलाट डर्बिसोभले बताउनुभएको छ । रासस/सिन्ह्वा

ताजा समाचार

मोतीविन्दुका बिरामीको शल्यक्रिया

काठमाडौँ । चौतारा साँगाचोकगढी नगरपालिकाले नगरभित्रका आँखामा मोतीविन्दु भएकाको उपचार गरेको छ । नगरपालिकाले...

अनावश्यक खर्च बढाएको आरोप

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका प्रदेश सरकारले अनावश्यक शीर्षकमा खर्च बढाएको आरोप प्रदेश सभामा रहेका...

होलीले तान्यो चीनका फोटोग्राफर

काठमाडौँ । हेमन्त ऋतुको बिदाइ र वसन्त ऋतुको स्वागतमा रङहरूको पर्व होली मनाउँदा काठमाडौँ...

कार्यसम्पादन मूल्याङ्कनमा प्रथम मेरिङ्देन गाउँपालिका

काठमाडौँ । ताप्लेजुङ जिल्लाको स्थानीय तहमध्ये मेरिङदेन गाउँपालिका स्थानीय सरकारहरूको कार्यसम्पादन मूल्याङ्कनमा पहिलो भएको...