भूतपूर्व गोरखाहरूको माग सम्बोधन बारे बैठक

Published on

काठमाडौं । भूतपूर्व गोरखाहरूको माग सम्बोधनका विषयमा लन्डनस्थित नेपाली राजदूतावास,संयुक्त अधिराज्य (बेलायत)का रक्षा मन्त्रालयका पदाधिकारी तथा भूतपूर्व गोरखाका प्रतिनिधिहरू सम्मिलित प्राविधिक स्तरको बैठक बेलायतको रक्षा मन्त्रालयमा बिहीबार सम्पन्न भएको छ । 

बैठकमा भूपू गोरखाले उठाउँदै आएको पेन्सन र कल्याणकारी विषयमा विस्तृत छलफल भएको नेपाली राजदूतावासले जनाएको छ । बैठकमा छलफल भएका विषयहरूमा रक्षा मन्त्रालय तथा अन्य सम्बन्धित मन्त्रालयमा आन्तरिक छलफल गरेर पुन अर्को बैठक तय गरिने पनि सहमति भएको छ । 

भूपू गोरखाको तर्फबाट बैठकमा सहभागी ज्ञानराज राईले वार्ता सकारात्मक रूपमा भएको जानकारी दिँदै पेन्सन,कल्याणकारी र क्षतिपूर्तिलगायतका  विषयमा छलफल भएको बताउनु भयो । उहाँले बैठकमा मुख्य विषयवस्तुले प्रवेश पाएको बताउँदै आगामी दिनमा सचेत भएर अगाडि बढ्नु पर्ने बताउनु भयो । 

बैठकमा नेपाल सरकारको तर्फबाट नेपाली दूतावासकी नियोग उपप्रमुख श्रीमती रोशन खनाल, सैनिक सहचारी सहायक रथी रत्नबहादुर गोदार, भूपू गोरखाहरूको तर्फबाट मेजर(अवकाश) जुद्धबहादुर गुरुङ, धर्मबहादुर तामाङ र ज्ञानराज राई तथा बेलायत सरकारको तर्फबाट रक्षा मन्त्रालय, गृह मन्त्रालय र अन्तर्गतका अधिकारीको सहभागिता रहेको थियो । गाेरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...