सरकार र अदालत भारतकाे गुलाम : बालेन

Published on

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकार र अदालत भारतको गुलाम भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा उनले आज उच्च अदालत पाटनले काठमाडौंमा हिन्दी सिनेमा चल्न नदिने बालेनको निर्णयविरूद्ध अन्तरिम आदेश जारी गरेपछि सरकार र अदालत भारतकाे गुलाम भन्दै टिप्पणी गरेका हुन् ।

यस्ताे छ उनकाे टिप्पणी ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानून र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनी सके पछि उनिहरु को नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो , अदालत र सरकार भारत को गुलाम भएको बुझिन्छ । यसको लागि जुन सुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन । ‘

spot_img

ताजा समाचार

थिलथिलिएको विपी राजमार्गमा कहिलेसम्म कठिनाईपूर्ण यात्रा ?

 काठमाडौं । विपी राजमार्गको यात्रा डेढ वर्षदेखि कठिनाईपूर्ण बनिरहेको छ । हालका दिनमा भइरहेको...

भत्केको बाँध नबन्दा सिँचाइबाट बञ्चित छन् किसान

काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका–३, गैडाटारमा सिँचाइका लागि निर्माण गरिएको बाँध भत्किएको एक वर्ष...

यात्रुलाई लुट्ने चार जना पक्राउ

काठमाडौं । नेपालगन्ज बसपार्कमा यात्रुहरूलाई धम्की, डरत्रास तथा हातपात गर्दै ५९ हजार रुपियाँ नगदसहित...

नासाको नयाँ मिसनः चन्द्रमातर्फ मानवताको ठुलो कदम

काठमाडौं । नासाको ‘आर्टेमिस-२’ मिसनका चार जना अन्तरिक्षयात्री शुक्रबार फ्लोरिडाको केनेडी अन्तरिक्ष केन्द्रबाट चन्द्रमातर्फ...