पश्चिम बङ्गाल ग्राम पञ्चायत निर्वाचन : कार्यकर्ता हत्याको आरोप

Published on

काठमाडौं । तृणमूल कांग्रेसले तीन कार्यकर्ताको हत्या भएको आरोप लगाउँदै पञ्चायत निर्वाचनमा सुरक्षा व्यवस्था गर्न नसकेकामा सरकारको आलोचना गरेको छ । विपक्षी दलले आफ्ना कार्यकर्ता मारेको तृणमूलको आरोप छ ।

आज (शनिबार) बिहानदेखि  मतदान सुरु भएपछि पश्चिम बङ्गालमा हिंसाका धेरै घटना भएका र हिंसात्मक गतिविधि हुन नदिन राज्य सरकारले विश्वसनीय तयारी नगरेका उक्त दलले रोष प्रकट गरेको छ । “हाम्रो पार्टीका तीन कार्यकर्ताको रेजीनगर, तुफानगञ्ज र खारग्राममा हत्या गरिएको छ र दुई जना डोमकोलमा बन्दुकको गोलीबाट घाइते भएका छन्,” लामो ट्विटर पोस्टमा टिएमसीका एक जना नेताले भनेका छन् ।

शुक्रबार राज्यका  परगना, वीरभूम, दक्षिण दिनाजपुर र मुर्शिदाबादमा भएका झडपमा  चार जना राजनीतिक दलका कार्यकर्ताले ज्यान गुमाएका थिए ।

यसैबीच, एएफपीका अनुसार चुनावी  पश्चिम बङ्गालको चुनावी अभियानका क्रममा आज भएका राजनीतिक झडपमा सात जनाले ज्यान गुमाएका छन् भने दर्जनौँ घाइते भएका छन् । झडपमा सत्तारुढ दल तृणमूल पार्टीका पाँच जना मारिएका प्रहरीले जनाएको छ ।

राज्यभरका विभिन्न गाउँहरूमा मतदानसम्बन्धी हिंसामा सात जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएका छन्,“ पश्चिम बङ्गालको प्रहरी बलका अतिरिक्त महानिर्देशक जावेद शमीमले पुष्टि गरेका छन् ।

भारतीय जनता पार्टी (बीजेपी)ले हालैका वर्षहरूमा पश्चिम बङ्गालमा आफ्नो कब्जा जमाउन कडा परिश्रम गरेको छ । दश करोड चालीस लाख जनसङ्ख्या भएको उक्त राज्यमा ग्राम पञ्चायत चुनावमा दुई लाख उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । रासस/एएनआई

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...