तरकारी तथा फलफूल खेतीका लागि सम्भाव्यता अध्ययन सुरु

Published on

काठमाडौं । झापाको कचनकवल गाँउपालिकमा खोला उकास जमिनको सदूपयोग गर्दै विपन्नहरुलाई आयआर्जनमा जोड्नका लागि तरकारी तथा फलफूल खेती गर्नका लागि सम्भाव्यता अध्ययन सुरु भएको छ । जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि युएनडिपिसँगको सहकार्यमा सिमा क्षेत्रमा तरकारी तथा फलफूल खेती गर्नका लागि सम्भाव्यता अध्ययन सहित आवश्यक प्रक्रिया सुरु गरिएको गाँउपालिका उपाध्यक्ष नवराज भट्टराईले बताउनुभएको छ ।

नेपाल भारत सिमामा रहेको मेची खोलाको उकास ऐलानी जग्गामा भूमीहिन तथा विपन्न समुदाय आय आर्जन कार्यक्रम सञ्चालन गर्नका लागि न्याय तथा विकासका लागि सामाजिक सञ्जाल बनियानीसँग समेत सहकार्य गरेर अघि बढ्नका लागि जिल्ला प्रशासन कार्यालय झापामा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलसँग समेत छलफल भएको भट्टराईले बताउनुभयो ।

दिर्घकालिन रुपमा करिब एक सय ७१ बिगाहा जग्मामा कार्यक्रम सञ्चालन गर्ने गरी छलफल भएको भएतापनि तत्काल ४० बिगाहबाट यो कार्यक्रम हुरु हुने समेत भट्टराईले जानकारी दिनुभएको छ । सिमा खोलाको उकास जमिनमा यो कार्यक्रम सुरु गर्न लागिएकाले जिल्ला प्रशासन कार्यालय झापासँग समेत समन्वय गरेर भोलि विवाद सिर्जना नहुने गरी यो कार्यक्रम अघि बढाइने उहाँले जनाउनुभयो ।

प्रारम्भिक चरणमा यो कार्यक्रम सुरु गर्नका लागि नेपाल भारत सिमा एक सय १० नम्बर पिलरको ११०९४० को सहायक पिलर रहेको क्षेत्रमा सम्भाब्यता अध्ययन गरिएको पनि गाँउपालिकाले जनाएको छ । दशगजा क्षेत्रमा अपनाउनु पर्ने मापदण्डलाई अपनाएर नै कार्यक्रम सञ्चालन गर्ने समेत उहाँको भनाइ छ । गोरखापत्र ।

spot_img

ताजा समाचार

स्वास्थ्य बीमा र राष्ट्रिय परिचयपत्र प्रणाली जोड्न समझदारी

काठमाडौं । स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच समझदारी भएको छ...

चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान

काठमाडौं । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समयमा चिकित्सा शिक्षा अध्ययनको विद्यार्थीको आकर्षण...

सुनसरीका विभिन्न ठाउँबाट १४ ग्राम ब्राउन सुगर बरामद

काठमाडौं । सुनसरीको विभिन्न ठाउँबाट १४ ग्राम बढी ब्राउन सुगर बरामद भएको छ ।...

त्रिवेणी गाउँपालिकाले ८५ प्रतिशतसम्म अनुदानमा कृषि कार्यक्रम गर्ने

काठमाडौं । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अनुदानमा कृषि प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ...