राष्ट्रपतिद्वारा चार राजदूत नियुक्त

Published on

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चार देशका लागि राजदूत नियुक्त गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार संयुक्त राष्ट्र सङ्घका लागि नियोग, न्युयोर्कका लागि नेपालको राजदूत/स्थायी प्रतिनिधि पदमा लोकबहादुर थापा नियुक्त हुनुभएको छ ।

उहाँका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले थापासहित राजदूत दानबहादुर तामाङलाई मौरिसस र जाम्बियाका लागि,  राजदूत विष्णु पुकार श्रेष्ठलाई कोरिया र ब्राजिलका लागि र राजदूत निर्मलराज काफ्लेलाई पाराग्वेका लागि गैर आवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको हो ।  राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ बमोजिम राजदूत नियुक्त गर्नुभएको हो 

spot_img

ताजा समाचार

आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

काठमाडौँ । बडादसैँअन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण...

रास्वपा सभापति रवि लामिछाने तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक भ्रमणका...

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

काठमाडौँ । चीनको तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको...

कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म, कर्मचारीले सवारी चलाए चालकको सेवासुविधा दिइने

काठमाडौँ – सरकारी गाडीको खरिद, इन्धन, मर्मत र चालकको तलबमा हुने खर्च घटाउने उद्देश्यले सरकारले...