सुदूरपश्चिम पृतना ट्रफिः गोरख बक्सलाई भलिबल उपाधी

Published on

महेन्द्रनगर । नेपाली सेनाको सुदूरपश्चिम पृतना स्तरीय ट्रफी अन्र्तगत गणतर्फको भलिबल प्रतियोगिताको उपाधी गोरख बक्स गण अछामले जितेको छ ।
मंगलबार बिहान कञ्चनपुरको महेन्द्रनगरस्थित श्री नं। २५ बाहिनी अड्डा भगतपुर ब्यारेकमा भएको फाइनल खेलमा देबीदल गण तेघरी ब्यारेकलाई ३–१ सेटले पराजित गर्दै गोरखबक्सले उपाधी जितेको हो ।
गत शनिबारदेखि सुरु भएको ट्रफि अन्र्तगत कञ्चनपुरमा गुल्म स्तरीय भलिबल, स्वीमिङ्ग र बक्सिङ्ग सञ्चालन भइरहेको छ ।
प्रतियोगितामा उपाधी बिजेता गोरखबक्स गणलाई सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी बिजय थापाले ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गर्नुभयो ।
कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारी, श्री नं। २५ बाहिनी अड्डा भगतपुर ब्यारेकका बाहिनीपति सहायक रथी मनोज थापा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुवेर खड्का, कञ्चनपुर भलिबल संघका अध्यक्ष श्यामसिंह मौनी, विभिन्न गण तथा गुल्मका गुल्मपति लगायत सैनिक अधिकृतको सहभागिता रहेको थियो ।
आगामी भदौ १० गते सम्म संचालन हुने पृतनापति ट्रफिमा भलिबल, फुटबल, बास्केटबल, स्वीमिङ, बक्सिङ लगायतका खेलहरु समावेश छन् ।
खेलकुदका माध्यमबाट अन्र्तराष्ट्रिय स्तरमा समेत राष्ट्रको नाम रोशन गर्दै सेनाले हरेह बर्ष ट्रफी आयोजना गर्दै आएको छ ।
साथै खेलाडीमा सामुहिक भावना ल्याउनुको साथै नेपाली सेनाको स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद तथा स्र्पोटस फोर फे्रन्डसिप कुरालाई मनन् गर्दै बिभिन्न बिधामा उत्कृष्ट खेलाडी उत्पादन गर्ने अभिप्रायले ट्रफि आयोजना गरिएको सेनाले जनाएको छ ।

spot_img

ताजा समाचार

किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ कारागार चलान

काठमाडौं - नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ कारागार चलान भएका छन्। उनलाई केन्द्रीय...

एन्फा कार्यालयमा सीआईबीको छापा, अनुसन्धानका लागि कागजात नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)...

दीर्घायुकुमार श्रेष्ठ बने विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठलाई नियुक्त गरेको छ। आज...

१३ देशका लागि राजदूत सिफारिस

काठमाडौँ, असोज २ गते । सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि राजदूत नियुक्त...