फ्रान्समा १७ वर्षमै ड्राइभिङ लाइसेन्स पाइने

Published on

काठमाडौं । फ्रान्स सरकारले सन् २०२४ मा १७ वर्ष उमेर पुगेकाहरुले ड्राइभिङ लाइसेन्स लिन पाउने घोषणा गरेको छ । यसअघि ड्राइभिङ लाइसेन्सका लागि न्यूनतम उमेर १८ वर्ष थियो । यसले युवाहरुलाई राम्रो हुने सरकारको भनाइ छ । तर विज्ञहरुले भने यो उमेर कोही पनि व्यक्तिलाई स्वतन्त्र रुपमा सवारी चलाउन दिने उमेर हुन नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

एक पेरिस निवासीले भन्नुभयो, ‘‘व्यक्तिगत रुपमा मैले केही वर्षअघि ड्राइभिङ परीक्षा दिएँ । तर यो एकदमै नराम्रो महसुस भयो । किनभने म त्यो बेला जम्मा १८ वर्षको थिएँ । त्यो बेला मैले अझै सिक्नुपर्ने थियो । सवारी चलाउन एकाग्रताको बारेमा धेरै सिक्न आवश्यक थियो । मलाई पनि त्यो बेला थाहा थिएन कि यो राम्रो छ कि छैन भनेर तर यसका लागि परिपक्व हुन जरुरी हुन्छ ।’’ सडक दुर्घटनामा १८ देखि २४ वर्ष उमेर समूहका युवाहरु बढी पर्ने गरेको कुरालाई दृष्टिगत गरी फ्रान्सका प्रधानमन्त्री एलिजावेथ बोर्नले ड्राइभिङ लाइसेन्स प्राप्तिका लागि आवश्यक मापदण्डहरुमा उच्चस्तरको ध्यान दिने प्रतिबद्धता जनाउनुभयो । फ्रान्सका ड्राइभिङ प्रशिक्षक इसाक बेलिनले सबै ट्राफिक दुर्घटनाहरुको एक चौथाइ दुई वर्षभन्दा कम ड्राइभिङ अनुभव भएका मानिसहरुका कारण हुने गरेको बताउनुभयो ।

प्रधानमन्त्री बोर्नले भन्नुभयो, ‘‘मसँग एउटा सानो अनुभव छ, यो याद गर्नुपर्छ कि आज फ्रान्समा सबै ट्राफिक दुर्घटनाहरुको एक चौथाइ दुई वर्षभन्दा कम ड्राइभिङ अनुभव भएका मानिसहरुका कारण हुने गर्दछन् । त्यसैले ट्राफिक दुर्घटनाहरुको २५ प्रतिशत अझै पनि धेरै उच्च सङ्ख्या हो । युवाहरुलाई यसबारेमा सचेत गराउन सके दुर्घटना कम हुनेछ ।’’ युवाहरुमा आत्मविश्वास बढाउन सके यस्ता दुर्घटना कम हुँदै जाने प्रधानमन्त्री बोर्नको भनाइ छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...