टर्कीको डढेलो नियन्त्रणमा : चार हजार ८० हेक्टर जमिनमा क्षति

Published on

काठमाडौं । टर्कीको उत्तर–पश्चिमी प्रान्त कनक्कलेमा दुई दिन यता जङ्गलमा फैलिएको डढेलो नियन्त्रणमा आएको छ । बिहीबार टर्कीका कृषि तथा वनमन्त्री इब्राहिम युमाक्लीले जङ्गलमा फैलिएको डढेलो नियन्त्रणमा आएको बताउनुभएको हो । उहाँले आगलागीबाट ११ वटा गाउँ र कैयौँ घरहरुमा क्षति गरेको जानकारी दिनुभयो । आगो फैलिएसँगै ११ गाउँहरु पूर्णरुपमा खालि गराइएको थियो । डढेलोबाट चार हजार ८० हेक्टर जमिनमा क्षति पुगेको छ ।

डढेको धुवाँका कारण ९७ जना बिरामी भएका छन् । तीमध्ये ३७ जनालाई अस्पताल भर्ना गरिएको छ । आगलागी भएको क्षेत्र टर्कीको लोकप्रिय पर्यटकीय गन्तव्यस्थल पनि हो । यो पुरानो शहर पनि हो । जुन १९९८ मा युनेस्कोले विश्व सम्पदा सूचीमा समावेश गरेको थियो । सिन्ह्वा

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...