१० अंकले बढ्यो सेयर बजार , नेप्से २१ सय विन्दुमाथि

Published on

काठमाडौं । सेयर कारोबार साताको दोस्रो दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से १०।२६ अंकले बढेर २१०४।७२ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ०।२२ प्रतिशतले बढ्यो। नेप्से दोहोरो अंकले बढ्दा कारोबार रकम पनि आइतबारको तुलनामा बढेको छ। यसदिन ३११ कम्पनीको १ करोड २३ लाख २२ हजार ७०५ कित्ता सेयर ४ अर्ब ५६ करोड ६५ लाख २२ हजार २३० रुपैयाँमा खरिदबिक्री भए।

आइतबार नेप्से परिसूचक १०।३७ अंकले बढेर २०९४।४६ विन्दुमा कायम भएको थियो। सो दिन ३ अर्ब ८३ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। यसदिन तीन कम्पनीको सेयर सकारात्क सर्किट लेभलमा कारोबार भयो। युनियन हाइड्रोपावर,अरुण भ्याली हाइड्रोपावर र मिड सोल हाइड्रोपावरको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

तीन कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्दा गरिमा डिवेन्चर २०८५ का लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। ६० करोड रुपैयाँ बराबरको सेयर कारोबार गरी हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। ​​​​​​​यसैगरी नगदी ग्रुपको २३ करोड,हाथवेको १२ करोड,एनआरएन ११ करोड र नेपाल रिइन्स्योरेन्स ९ करोड मूल्य बराबरको सेयर कारोबार भयो। तीन उपसमूहबाहेक अन्य उपसमूहको सूचक सकारात्मक देखिएका छन्। ​​​​​​​बैंकिङ,माइक्रोफाइनान्स र नन लाइफ इन्स्योरेन्सको सूचक घटेको हो। यसदिन १५० कम्पनीको मूल्य बढ्दा ८६ वटाको घट्यो भने ११ को मूल्य स्थिर रह्यो।

ताजा समाचार

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...

गाजा युद्ध १२ औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

काठमाडौं । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ...

जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक...