चोयाका सामान बनाउने सीप संरक्षण र हस्तान्तरण

Published on

काठमाडौं। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दीमा वातावरणमैत्री चोयाका सामान बनाउने सीप संरक्षण र युवालाई हस्तान्तरण गर्न थालिएको छ । मौलिक र परम्परागत सीप हस्तान्तरण, संरक्षण र वातावरणमैत्री चोयाका सामग्रीको प्रयोग बढाउने उद्देश्यले मण्डली सामुदायिक सिकाइ केन्द्रले युवायुवतीलाई तालिममार्फत सीप हस्तान्तरण गर्न थालिएको हो । केन्द्र व्यवस्थापन समितिका अध्यक्ष सम्झना पौडेलले निगालोबाट चोया र सामान बनाउने सीप सिकाउन पाँचदिने तालिम सञ्चालन गरेको जानकारी दिनुुभयो । “छ जना महिलासहित ३० जनालाई तालिम दिएका हौँ”, उहाँले भन्नुभयो, “निगालो र बाँसको चोयाबाट डोका, थुन्से, नाङ्लो, डाली, थुन्से, भकारी, नाम्लो, दाम्लो बनाउन सिकाएका छाैं ।”

माघ १४ गतेदेखि सुुरु भएको तालिम पाँच दिनसम्म चल्नेछ । चोयाका सामान बनाउन रघुगङ्गा गाउँपालिका–७ चिमखोलाबाट अनिल पाइजा घराम्दी पुग्नुभएको छ । चिमखोलाका बासिन्दामा निगालोबाट आकर्षक डोका बनाउने सीप छ । “अघिल्लो पुुस्ताका नागरिकको मृत्युु, नयाँ पुस्ताका युवायुवतीमा ज्ञान, सीप हस्तान्तरण नभएको र पलास्टिकबाट बनेका सामग्रीको बढ्दो प्रयोगका कारण चोयाबाट बनेका सामग्री र सीप लोप हुने अवस्थामा पुगेको छ, सामान भण्डारण र ढुुवानीमा प्रयोग हुुने चोयाका सामग्री वातावरणमैत्री हुुन्छन्”, उहाँले भन्नुभयो । पलास्टिकका सामानका कारण प्रदूषण बढेकाले चोयाबाट बनेका सामग्री प्रयोगमा ल्याउन सीप सिकेको उहाँले बताउनुभयो । प्रशिक्षक पाइजाका अनुुसारप्रति डोकालाई रु. एक हजारदेखि दुुई हजार पाँच सय मूल्य पर्छ । साक्षरता अभियानलाई सफल बनाउन र निरन्तरता दिने क्रममा गठन भएका सामुदायिक सिकाइ केन्द्रले समुुदायस्तरमा आयआर्जन वृद्धि, क्षमता, नेतृत्व विकास, परम्परागत मौलिक सीप र कलाको संरक्षणका गतिविधि गर्दै आएका अन्नपूर्ण गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले बताउनुभयो ।

“पुुर्ख्याैली सीपको संरक्षण र नयाँ पुस्तामा सीपको हस्तान्तरण भएको छ”, तालिमको अनुुगमनका क्रममा सोमबार घराम्दी जानुभएका कटुवालले भन्नुभयो, “गाउँमै रहेको कच्चा पदार्थको प्रयोगबाट आत्मनिर्भर र वायु प्रदूषण बढाउने प्लास्टिकजन्य सामानको आयात घटाउँछ ।” यस्तो सीपमूलक तालिम अन्य गाउँबस्तीमा पनि आवश्यक रहेको उहाँले बताउनुभयो । अन्नपूर्ण गाउँपालिकामा पाँचवटा सामुदायिक सिकाइ केन्द्र छन् । भुरुङ तातोपानी, खिवाङ, नारच्याङ, मण्डली र नागी सामुदायिक केन्द्र छन् ।

spot_img

ताजा समाचार

ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण

काठमाडौं । इजरायली सेनाले बिहीबार बिहान इरानबाट गरिएको क्षेप्यास्त्र आक्रमणको लहरको सामना गरेको जनाएको...

पाकिस्तानी जेलबाट रिहा भएका १५५ जना अफगान कैदी स्वदेश फिर्ता

काठमाडौं । गत हप्ता मात्र पाकिस्तानको जेलबाट रिहा भएका १५५ जना अफगान कैदी सुरक्षित...

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

 काठमाडौं । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको...

पूर्वप्रधानमन्त्री ओली र नेता लेखक पक्राउको विरोधमा संसद्‍मा एमालेको आपत्ति

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले)ले पूर्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा...