आर्थिक मारमा मष्टा संस्कृत गुरुकुल विद्याश्रम

Published on

काठमाडौं । डोटीमा एक संस्कृत विद्याश्रम धार्मिक जागरण फैलाउन लागिपरेको छ। शिखर नगरपालिका -६, चुडीस्थित श्री मष्टा संस्कृत गुरुकुल विद्याश्रमले धार्मिक जागरण फैलाइरहेको हो । राजनीतिज्ञ तथा समाजसेवी स्वर्गीय दुर्गा प्रसाद फुलाराको अगुवाइमा वि.सं. २०७५ चैतमा स्थापना भइ २०७६ सालबाट पठनपाठन सुरु गरेको मष्टा संस्कृत गुरुकुल विद्याश्रममा डोटी, बझाङ र कैलालीका विद्यार्थीहरू अध्ययनरत छन् ।

जिल्लामा कुनै किसिमका धार्मिक कार्यलगायतका शुभकार्यमा उक्त विद्याश्रमका बटुकहरुलाई मन्त्रोच्चारणका लागि बोलाउने गरिन्छ। हाम्रो समाजलाई नैतिक शिक्षाको आवश्यकता महशुस भइरहेका बेला गुरुकुल विद्याश्रमले गरिरहेको अभियान महत्वपूर्ण रहेको डोटी बहुमुखी क्याम्पसका प्राध्यापक टीकाराम फुलाराले बताए । गुरुकुल शिक्षालाई सरकारले समेत महत्वका साथ हेनुपर्ने उनले भनाइ छ। हाल विद्याश्रममा जम्मा १६ जना बटुक विद्यार्थी अध्ययनरत छन् । धार्मिक जागरण फैलाइरहेको मष्टा संस्कृत गुरुकुल विद्याश्रम भने आर्थिक अभावमा सञ्चालन भइरहेको छ । विद्यार्थीहरुलाई पठनपाठनको आफ्नै भवन नहुँदा सरस्वती माविको दुईवटा कोठा प्रयोगमा ल्याएको शिक्षक ध्रुवराज फुलाराले बताए ।

शिक्षक फुलाराले भने,‘आर्थिक अभावका कारण पठनपाठन,बस्न तथा खानको लागि समेत समस्या भइरहेको छ ।’विभिन्न व्यक्तिले गरेको दानदातव्य,केहि स्थानीय तह,संघसंस्थाहरूले खाद्यान्न तथा आर्थिक सहयोग गरेर विद्याश्रम सञ्चालनमा केहि सहज भइरहेको उनले बताए । विद्याश्रम सञ्चालनका लागि सरकारी तवरबाटै सहयोग भइदिए केही सहज हुने शिक्षक फुलारा बताउँछन् । विद्याश्रममा प्रत्येक दिन बिहान ५ बजेदेखि सन्धोपाशन, नित्य रुद्राभिशेक, शान्ति पाठ गरिन्छ भने साँझ साढे ६ बजे सन्ध्या बन्धन र आरती गरिन्छ ।

spot_img

ताजा समाचार

इरान अझै आक्रमण गर्न सक्षम : अमेरिकी प्रतिवेदन

काठमाडौं । पछिल्लो अमेरिकी गुप्तचर मूल्याङ्कनअनुसार इरानसँग अझै पनि उल्लेखनीय सैन्य आक्रमण क्षमता कायम...

हेटौँडाबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं । हेटौँडाबाट एकजना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–१०...

आर्थिक गणनालाई सफल बनाउन सहकार्य आवश्यक

काठमाडौं । राष्ट्रिय आर्थिक गणनालाई प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले जिल्लास्तरीय अन्तरक्रिया गोष्ठी तथा...

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनकोे मूल्य स्थिर छ भने चाँदीको मोल बढेको छ...