त्रिभुवन विमानस्थलको अध्यागमनमा सहज र प्रभावकारी सेवा दिन सरकारलाई निर्देशन

Published on

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले त्रिभुवन विमानस्थलको अध्यागमनमा सहज र प्रभावकारी सेवा प्रदान गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा आइतबार बसेको समिति बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको समन्वयमा आवश्यक जनशक्ति थप गरि अध्यागमनमा सहज र प्रभावकारी सेवा प्रदान गर्न सरकारलाई निर्देशन दिएको हो ।

त्यस्तै बैठकले अध्यागमन सम्बन्धमा विद्यमान ऐन नियम समयानुकल परिमार्जन गर्न निर्देशन दिएको छ। बैठकले भिसा समस्या देखिएका समस्या समाधान गर्न गृह मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए। बैठकले राष्ट्रिय सुरक्षा नीति परिमार्जन गर्न र खुला सीमा व्यवस्था कडा बनाउन पनि निर्देशन दिइएको उनले बताए। बैठकले मानव तस्करी नियन्त्रण गर्न ,आवश्यक ऐन नियम परिमार्जन गरी उपयुक्त भिसा उपलब्ध गराउन र सडक माग्नेलाई व्यवस्थित गर्न सरकारलाई निर्देशन दिएको छ ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...