त्रिभुवन विमानस्थलको अध्यागमनमा सहज र प्रभावकारी सेवा दिन सरकारलाई निर्देशन

Published on

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले त्रिभुवन विमानस्थलको अध्यागमनमा सहज र प्रभावकारी सेवा प्रदान गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा आइतबार बसेको समिति बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको समन्वयमा आवश्यक जनशक्ति थप गरि अध्यागमनमा सहज र प्रभावकारी सेवा प्रदान गर्न सरकारलाई निर्देशन दिएको हो ।

त्यस्तै बैठकले अध्यागमन सम्बन्धमा विद्यमान ऐन नियम समयानुकल परिमार्जन गर्न निर्देशन दिएको छ। बैठकले भिसा समस्या देखिएका समस्या समाधान गर्न गृह मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए। बैठकले राष्ट्रिय सुरक्षा नीति परिमार्जन गर्न र खुला सीमा व्यवस्था कडा बनाउन पनि निर्देशन दिइएको उनले बताए। बैठकले मानव तस्करी नियन्त्रण गर्न ,आवश्यक ऐन नियम परिमार्जन गरी उपयुक्त भिसा उपलब्ध गराउन र सडक माग्नेलाई व्यवस्थित गर्न सरकारलाई निर्देशन दिएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...