समाजलाई सभ्य, सुसंस्कृत र समृद्ध बनाउन नारीलाई स्वावलम्बी बनाउन आवश्यक: राष्ट्रपति

Published on

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले समाजलाई सभ्य, सुसंस्कृत र समृद्ध बनाउन नारीहरूलाई सुशिक्षित, स्वावलम्बी र सशक्त बनाउनैपर्ने बताउनुभएको छ । “समाजलाई सभ्य सुसंस्कृत र समृद्ध बनाउन नारीहरूलाई सुशिक्षित, स्वावलम्बी र सशक्त बनाउनै पर्छ”, राष्ट्रपति पौडेलले भन्नुभयो, “गार्गी कन्या गुरुकुलमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको मङ्गलवार उद्घाटन गर्दै पौडेलले भन्नुभयो, “देशमा रहेका गुरुकुलमा कन्याहरूलाई यथोचित रुपमा वैदिक शिक्षा दिने व्यवस्था हुन नसकेको अवस्थामा यसले कन्याहरूलाई गुरुकुलको वातावरणमा वैदिक शिक्षा दिने प्रबन्ध गर्नु सुखद पक्ष हो । यस गुरुकुलका लागि राज्यले पनि विशेष ध्यान दिनेछ भन्ने मैले विश्वास लिएको छु ।”

उहाँले ऋषिमुनि र तपस्वीहरूको आदर्शको अनुसरण गर्दै देवघाट धाममा सन्त महात्माहरूले आश्रम र गुरुकुल चलाएर यहाँको महत्वलाई बढाउनु प्रशंसनीय कार्य भएको बताउँदै भन्नुभयो, “गुरुकुल यौटा वैज्ञानिक र व्यवहारमुखी शिक्षा पद्धति हो । यसबाट शिक्षित जनशक्तिले आफ्नै माटोको मौलिक संस्कार, संस्कृति, सहअस्तित्व र स्वाभिमानको संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ भन्ने मलाई लागेको छ ।” उहाँले विश्वको सबैभन्दा प्राचीन ग्रन्थ वेद हो र आध्यात्मिक ज्ञान, विज्ञानको मूल पनि वेदलाई मानिएको बताउँदै त्यस्तो अगाध ज्ञानको स्रोत भएको वेदको र वैदिक सनातन संस्कृतिको उद्गम भूमि नेपाल भएको र नेपाल देवभूमि र अध्यात्म साधना भूमिको रूपमा चिनिने गरिएको उल्लेख गर्नुभयो ।

पौडेलले परापूर्वकालमा यहाँका विभिन्न पावन तीर्थमा रहेर वसिष्ठ, विश्वामित्र, याज्ञवल्क्य, अष्टावक्र र गार्गीजस्ता ऋषिमुनिहरूले कठोर साधना गरेको तथा आफ्नो तपस्याको बलमा अलौकिक शक्ति आर्जन गरेको उल्लेख गर्दै उनीहरूले तपस्याद्वारा प्राप्त गरेको वैदिक र आध्यात्मिक ज्ञानले समाजलाई आलोकित बनाएको कुरा विभिन्न ग्रन्थमा पाइएको पनि बताउनुभयो । राष्ट्रपति पौडेलले देशकै पहिलो कन्या गुरुकुलको रूपमा गार्गी कन्या गुरुकुल सञ्चालन हुनु खुसीको विषय भएको बताउँदै वैदिक कालमा गार्गी मदालसा, घोषा अपालाजस्ता विदुषीहरूले ज्ञानको ज्योति छरेर समाजलाई मार्गदर्शन गरेको उल्लेख गर्नुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...