ग्लाेबल एकेडेमीद्वारा उत्कृष्ट जीवनीकाे आधारमा भीनपा उपमेयरलाई सम्मान

Published on

महेन्द्रनगर । कञ्चनपुरकाे महेन्द्रनगर स्थित ग्लाेबल एकेडेमीले भीमदत्त नगरपालिकाका उपमेयर निलम लेखक जाेशीलाई सम्मान गरेकाे छ । एकेडेमीले आफ्नो १८ औं अभिभावक दिवसकाे अवसरमा उत्कृष्ट जीवनीकाे आधारमा उपमेयरलाई सम्मान गरेकाे हाे ।
अभिभावक दिवसकाे अवसरलाई लक्षित गर्दै ग्लाेबल एकेडेमीले भीमदत्त नगरपालिका क्षेत्रमा सामाजिक तथा राजनैतिक व्यक्तित्वहरुकाे जीवनी लेखेर सामाजिक सञ्जाल फेसबुकमा राखेकाे थियो । सामाजिक सञ्जालमा राखेकाे जीवनी मध्ये भीमदत्त नगरपालिकाका उपमेयर निलम लेखक जाेशीकाे जीवनी धेरै पटक हेरिएकाे भन्दै उपमेयरलाई सम्मान सँगै पुरस्कार समेत दिइएको ग्लाेबल एकेडेमीले जनाएको छ ।

कक्षा ६ मा अध्ययनरत छात्रा हिमान्सी ओझाले उपमेयर लेखक जाेशीकाे जीवनी लेख्नुभएको थियाे । उक्त छात्राले लेखेकाे जीवनीलाई १० हजार बढी मानिसले सामाजिक सञ्जालमा हेरेकाे र उक्त जीवनीले अग्र स्थानमा आएको थियो ।

spot_img

ताजा समाचार

अन्डमानमा विकसित न्यूनचापीय प्रणाली बलियो बन्दै, नेपालमा वर्षाको प्रभावबारे अझै अनिश्चितता

काठमाडौं - अन्डमान सागर तथा आसपासको क्षेत्रमा विकसित न्यूनचापीय प्रणाली बलियो बन्दै गएको छ।...

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा

काठमाडौं – संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे...

नेक्सस कबड्डी कप २०८३ सम्पन्न

काठमाडौं – नेक्सस इन्टरनेशनल स्कुलको आयोजनामा सञ्चालन भएको ‘नेक्सस कबड्डी कप २०८३’ को दोस्रो...

बाढी प्रभावितका लागि उबरको ‘राइड फर नेपाल’ अभियान, ५० लाख सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । बाढी प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले उबरले ‘राइड...