कपिलवस्तुमा दुई लाख बढी बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप

Published on

काठमाडौं । कपिलवस्तुको सदरमुकाम तौलिहवास्थित बुद्ध पद्म माध्यमिक विद्यालयमा दादुरा रुबेला विरुद्धको खोप लगाउन सुरु गरिएको छ । खोपको शुभारम्भ जिल्ला समन्वय समितिका प्रमुख एवम् खोप समन्वय समितिका संयोजक बाबुराम आचार्यले गर्नुभएको छ ।

सो अवसरमा बोल्दै प्रमुख आचार्यले अभियानलाई प्रभावकारी बनाउन सबैले हातेमालो गर्नु पर्ने बताउनुभयो । उहाँले खोप लगाई सकेपछि मानिसको मृत्यु हुने सम्भावना नरहने बताउनुभयो । उहाँले भन्नुभयो, खोप ९ महिनादेखि १५ महिनासम्मका लागि खोप रहेपनि सङ्क्रमण अन्य बच्चाहरूमा देखिएकोले १५ वर्ष सम्मका बच्चालाई खोप लगाउने परिस्थिति आएको छ ।ू खोप अभियानलाई प्रभावकारी बनाउन पालिका, शैक्षिक संस्था उद्योग वाणिज्य सङ्घ, रेडक्रस लगायतका निकायले समेत विशेष पहल गर्नुपर्नेमा जोड दिइएको थियो । दादुरा रुबेला एक पटक नियन्त्रणमा आएपनि पुनः फैलिएको प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले बताउनुभयो । यसलाई बेलैमा नियन्त्रण गर्न सकिएन भने भयावह स्थिति देखा पर्ने उहाँको भनाइ छ । त्यसैले नेपाल सरकारले दादुरा रुबेलालाई अभियानकै रूपमा सञ्चालन गरेको प्रजिअ अर्यालले बताउनुभयो ।

स्वास्थ्य कार्यालयका प्रमुख नारायण प्रसाद चौधरीका अनुसार कपिलवस्तुमा दादुरा रुबेला खोप अभियान आजबाट शुभारम्भ गरिएको र खोपसँगै बालबालिकालाई अन्य नियमित खोप समेत दिने कार्यक्रम रहेको बताउनुभयो । जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाका लागि समेत यो अभियान महत्त्वपूर्ण रहेको उहाँको भनाइ छ । जिल्लामा ९ महिना देखि १५ वर्ष मुनिका २ लाख २८ हजार ३६४ जना बालबालिकाहरूलाई दादुरा रुबेला खोप लगाइने स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । जिल्लामा चार चरणमा दादुरा रुबेला खोपको अभियान सञ्चालन गरिएको छ । पहिलो चरणमा कपिलवस्तु नगरपालिका र विजयनगर गाउँपालिकामा फागुन १३ देखि २१ गते सम्म, दोस्रो चरणमा यशोधरा, शुद्धोधन र मायादेवी गाउँपालिकामा फागुन १५ देखि २१ गते सम्म, तेस्रो चरणमा शिवराज, कृष्णनगर, महाराजगंज र बाणगंगा नगरपालिकामा फागुन १८ देखि २४गते सम्म तथा चौथो चरणमा बुद्धभुमि नगरपालिकामा २२ गते देखि २८ गते सम्म अभियान सञ्चालन हुनेछ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...