आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्ड्ससँग हार्‍यो नेपाल

Published on

काठमाडौं । आइसिसी विश्वकप लिग–२ क्रिकेट अन्तर्गत नामिबिया, नेदरल्यान्ड्स सम्मिलित सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्ससँग आठ विकेटले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आइतबार जितका लागि नेपालले दिएको एक सय ७३ रनको लक्ष्य नेदरल्यान्ड्सले ३७।५ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको थियो ।

नेदरल्यान्ड्सका लागि विक्रमजित सिंहले अविजित ५८ रन बनाउनुभयो । उहाँले ९२ बलमा सात चौकाको सहयोगमा उक्त रन बनाउनुभएको हो । साइब्रान्ड एङ्गेलब्रेख्तले अविजित ४६ तथा ओपनर माइकल लेभिटले ३९ र म्याक्स ओ डोउडले २८ रन जोड्नुभयो । बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरी र ललितनाराण राजवंशीले एक एक विकेट लिनुभयो । यसअघि टस हारेर ब्याटिङ गर्ने निम्तो पाएको नेपालले ४९।३ ओभरमा सबै विकेटको क्षतिमा एक सय ७२ रन बनाएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६६ रन बनाउनुभयो । उहाँले ९३ बलमा आठ चौकाको सहयोगमा उक्त अर्धसतकीय इनिङ्स खेल्नुभएको हो । उहाँको यो अन्तर्राष्ट्रिय एक दिवसीयमा आठौँ अर्धसतक हो ।

यस्तै करण केसीले २६, आरिफ शेखले २२, आसिफ शेखले १७ र कप्तान रोहितकुमार पौडेलले १६ रन जोड्नुभयो । बलिङमा नेदरल्यान्ड्सका लागि आर्यन दत्त र भिभियन किंगमाले तीन तीन विकेट लिनुभयो । बास डी लिडेले दुई तथा रोलोफ भान डेर मार्वेले एक विकेट लिनुभयो । यस हारसँगै नेपालले चार खेलमा दुई अङ्क बनाएको छ । नेपाल तालिकाको तेस्रो सथनमा छ । नेपाल यस सिरिजमा नामिबयासँग चार र दुई विकेटले पराजित भएको थियो । नेपालले नेदरल्यान्ड्सलाई अघिल्लो खेलमा नौ विकेटले हराएको थियो । नेदरल्यान्ड्स चार अङ्क जोड्दै दोस्रो स्थानमा छ । ६ अङ्क बनाएको बनाएको नामियबा शीर्षस्थानमा छ ।

spot_img

ताजा समाचार

सरकारी कर्मचारीको तलब वृद्धि आजदेखि लागू

नयाँ आर्थिक वर्ष २०८३/०८४ सुरु भएसँगै सरकारी कर्मचारीहरूको नयाँ तलबमान आजदेखि लागू भएको छ।...

मिटरब्याज समस्याको समाधानका लागि सहमतिको मस्यौदा तयार

मिटरब्याज समस्याको दीर्घकालीन समाधानका लागि नेपाल सरकार र आन्दोलनरत पक्षबीच सहमतिको मस्यौदा तयार भएको...

ग्रामीण क्षेत्रमा पनि क्यान्सर र नसर्ने रोग बढ्दै

उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा पछिल्ला वर्षहरूमा क्यान्सर, उच्च रक्तचाप, मधुमेह र श्वासप्रश्वाससम्बन्धी नसर्ने रोगका बिरामी...

स्मार्ट लाइसेन्स अब बर्सौं कुर्नु नपर्ने

सरकारले लामो समयदेखि छाप्न बाँकी रहेका २७ लाख स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) तीन महिनाभित्र...