सुन्दर चौबिसे (फोटो फिचर)

Published on

काठमाडौं । धनकुटाको चौबिसे क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ । राजारानीमा ताल सहित विभिन्न वडामा रहेको ताल, मन्दिर लगायतका पर्यटकिय स्थलले जो कोहि को मन लोभ्याउँछ ।

एक दशकअघि सम्म ताल मात्र हेर्न पाइने धनकुटाका चौबिसेमा अहिले भने धेरै गन्तव्य थपिने क्रममा छन् । पूर्वको पर्यटकीय नगरी भेडेटारबाट पूर्वमा अवस्थित चौबिसे क्षेत्र धनकुटा जिल्लाको एक महत्वपूर्ण पर्यटकीय गन्तव्य हो । रानीताल राजा पोखरी, कांगडा ताल, तालमा निर्माण गरिएको नाग देबिको मन्दिर, रानी पोखरी, नागबेली पार्क यहाँका मुख्य आकर्षण हुन् । चौबिसे गाँउपालिकाको केन्द्र राजारानी देखि ६ नम्बर बुधबारेसम्म अहिले धेरै पर्यटकिय स्थल निर्माणको क्रममा छन् ।

त्यस्तै निर्माणाधीन भेडेटार राजारानी रबिराँके सडक खण्ड निर्माणको क्रममा छ । यो सडक निर्माण भएपछि चौबिसे गाँउपालिका पर्यटकको मुख्य रोजाईमा पर्न सफल हुने गाँउपालिका अध्यक्ष राजकुमार चेम्जोङ्ग बताउनुहुन्छ । “अहिले हामी पर्यटकिय स्थलमा पूर्वाधार निर्माणको काम गरिरहेको छौं, भेडेटार राजारानी रबिराँके सडक खण्ड निर्माणको क्रममा छ यो सम्पन्न भएपछि पर्यटन वर्षको रुपमा घोषणा गरेर पर्यटक भित्राउने तयारीमा छौं,” चेम्जोङ्गले भन्नुभयो ।

लाफा गाँउ ।

रानी पोखरी ताल क्षेत्र ।

पाथीभरा मन्दिर ।

झपड तालमा निर्नमाणाधीन मन्दिर।

सुन्दर चौबिसे सुन्दर चौबिसे सुन्दर चौबिसे सुन्दर चौबिसे

spot_img

ताजा समाचार

देवानगञ्ज हिंसा छानबिन टोली विराटनगर पुग्यो, घाइतेसँग बयान संकलन

सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको छानबिन गर्न गठित गृह मन्त्रालयको टोली सोमबार राति...

सिद्धबाबा सुरूङमार्ग निर्माणले गति लियो, कात्तिकभित्र सञ्चालन गर्ने तयारी

निर्माणाधीन सिद्धबाबा सुरूङ मार्गको काम ७० प्रतिशत सम्पन्न भएको छ। आयोजनाका अनुसार वित्तीय प्रगति...

सुर्खेतमा एलपी ग्यास अभावले उपभोक्ता सास्तीमा

सुर्खेतमा पछिल्लो एक सातादेखि खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि उपभोक्ताले घण्टौँदेखि दिनौँसम्म लाइन...

प्रश्न सोध्ने व्यक्तिलाई रास्वपा सांसद केपी खनालको धम्की

कैलालीको लम्कीचुहा अस्पतालको समस्याबारे छलफलका क्रममा रास्वपा सांसद केपी खनालले एक प्रश्नकर्तालाई धम्कीपूर्ण अभिव्यक्ति...