कनकाईमा कला र संस्कृति साहित्य महोत्सव

Published on

काठमाडौं । झापाको कनकाई नगरपालिकामा कला, संस्कृति तथा साहित्य महोत्सवमा देशभरका साहित्यकारहरुको जमघट भएको छ । तीन दिनसम्म चलेको साहित्य तथा सङ्गित महोत्सवमा ख्यातिप्राप्त कवि कवियत्रीहरुले आआफ्ना रचना प्रस्तुत गर्नुभएको हो ।

चर्चित कवि अर्जुन पराजुलीले आफ्ना सानासाना चर्चित कविताहरु धारामा पानी आएनदेखि लिएर समसामयिक नेताका बारेमा गरिएका तिखो व्यङ्ग्यहरु प्रस्तुत गर्नुभएको छ । कार्यक्रममा कवयित्री कुन्ता शर्मा, माया मानवीहरुले पोथी बास्नुहुँदैन, कविलाई बौलाह बनाइएका घटनाहरुका बारेमा व्यङ्ग्य कविता प्रस्तुत गर्नुभयो । कवि मनु मञ्जिल, तुलसी दिवस, लक्ष्मण गाम्नागे, धीरेन्द्र प्रेमर्षि, शिशिर योगी, सुमन स्मारिकालगायतले आआफ्ना कविता र साहित्यिक प्रस्तुति प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा कलाकार हिम्मत नेम्बाङ्ग तथा प्राज्ञ पवन राजवंशीका एकल मुर्तिकला तथा चित्रकला प्रदर्शनी समेत राखिएको कार्यक्रम रोटरी क्लब अफ सुरुङ्गाको आयोजनामा झापाको सुरुङ्गामा सञ्चालनमा आएको हो । यस क्रममा राष्ट्रिय कविहरुको सहभागितामा कविता लेखन प्रशिक्षण, पुस्तक मेला, पुस्तक सङ्कलन, साहित्य गोष्ठी कार्यक्रम सञ्चालन गरिएको थियो भने राष्ट्रिय कलाकार रचना रिमाल र हास्य कलाकार मनोज गजुरेलको समेत प्रस्तुति थियो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...