हावाहुरी र लम्पी स्किनबाट प्रभावित किसानलाई गाउँपालिकाको राहत

Published on

काठमाडौं । बागलुङको तमानखोला गाउँपालिकाले विभिन्न प्रकोपबाट प्रभावित बनेका किसानलाई राहत दिन थालेको छ । गाउँपालिकाले लम्पी स्किन र हावाहुरीबाट प्रभावित किसानलाई राहत दिन थालेको हो ।

गत असारमा फैलिएको लम्पी स्किन रोगबाट करिब तीन पशुचौपाया मरेका थिए भने भदौ १८ गतेको हावाहुरीले सात सय रोपनी क्षेत्रफलमा लगाइएको मकै बाली नष्ट भएको थियो । गाउँपालिकाले लम्पी स्किन सङ्क्रमणबाट मरेकाप्रति पशुको दुई हजार पाँच सय र हावाहुरीबाट क्षति व्यहोरेका प्रतिकिसानलाई एक(एक मुरी मकै उपलब्ध गराउन थालेको छ । गाउँपालिकाका पशु शाखा प्रमुख यामकुमारी घर्तीले पालिका भर दुई सय ९५ पशुचौपाय लम्पी स्किन सङ्क्रमणबाट मरेको हुँदा तथ्याङ्क सङ्कलन गरेर राहत वितरण भइरहेको बताउनुभयो । पहिलो चरणमा दुई सय ५६ किसानलाई छ लाख ४० हजार उपलब्ध गराइसकिएको जनाउँदै बाँकी ३९ जनालाई वितरण गर्ने प्रक्रियामा रहेको घर्तीले बताउनुभयो ।

लम्पी स्किन सङ्क्रमणबाट सबैभन्दा बढी गोरु मरेको जनाउँदै गाई र भैँसीमा पनि यो समस्या देखिएपछि गाउँपालिकाले समयमै सङ्क्रमण नियन्त्रणमा लिन सफल भएको उहाँले बताउनुभयो । सङ्क्रमणबाट पुश गुमाएका किसानलाई गाउँपालिकाले कूल सात लाख ३७ हजार पाँच सय उपलब्ध गराएको प्रमुख घर्तीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “लम्पी स्किन सुरुमा खासै फैलिएको थिएन, पछि(पछि फैलिँदै गयो, गाउँपालिकाले तत्कालै त्यसविरुद्ध खोप लिएर बुकीसम्म पुगेर लगाएको थियो, खोप लगाएपछि सङ्क्रमण नियन्त्रणमा आयो, ठूलो क्षति हुन पाएन, पशुचौपाया मरे पनि हामीहरु किसानको गोठमै गएर तथ्याङ्क सङ्कलन गर्यौँ र अहिले राहत दिएका छौँ, ३९ किसानलाई केही दिनमै दिने तयारीमा छौँ ।”

गाउँपालिकाका कृषि शाखा प्रमुख सन्देश पराजुलीले हावाहुरीबाट प्रभावित पाँच सय किसानलाई राहत दिने तयारीमा रहेको बताउनुभयो । प्रतिपीडितलाई गाउँपालिकाले एक÷एक मुरी मकै वितरण गर्ने उहाँको भनाइ छ । गाउँपालिकाले स्थानीय जातको मकै वितरण गर्ने पराजुलीले बताउनुभयो । उहाँका अनुसार पाँच सय किसानलाई पाँच सय मुरी मकै वितरण गरिने छ । गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले किसानको समस्यालाई थोरै भए पनि समाधान गर्नका लागि राहत दिन थालिएको बताउनुभयो । पालिकाले कृषि क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर काम गर्दै आएको उहाँको भनाइ छ । किसानलाई समय(समयमा समस्या पर्ने हुँदा बाली बीमा, पशु बीमालगायत कार्यक्रम सञ्चालन गर्न थालेको अध्यक्ष बुढा मगरले बताउनुभयो । रासस

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...