स्थानीय र सशस्त्र प्रहरीबिच भएको झडपको निष्पक्ष छानबिन गर्न माग

Published on

काठमाडौं । झापाको मेचिनगरस्थित भान्सा खोलामा सशस्त्र प्रहरी र स्थानीयबिच भएको झडपलाई गम्भीरताका साथ लिएर निष्पक्ष अनुसन्धान गर्न नेपाली कांग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं। १ का प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले माग गर्नुभएको छ । शुक्रबार बेलुका भएको झडपममा एक सशस्त्र प्रहरी सहित ७ जना घाइते भएका थिए ।

महामन्त्री शर्माको सचिवालयकोतर्फ स्थानीय सञ्चारमाध्यम तथा सञ्चारमाध्यमहरूलाई उपलब्ध गराइएको ध्यानाकर्षण पत्रमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई यस घटनाको विषयमा छानबिन गरेर वास्तविकता बाहिर ल्याउन टेलिफोनमार्फत ध्यानाकर्षण गराएको उल्लेख छ । अधिकांश घाइतेहरूको शरीरमा धारिलो हतियार प्रयोग गरिएको छ । सशस्त्र प्रहरीले खुकुरीले आफूहरूलाई अन्धाधुन्ध हानेको घाइतेहरूले बताएका छन् । भारतबाट स्थानीय एक महिलाले विभिन्न लत्ताकपडाहरू भन्सार छलेर ल्याउँदै गर्दा सशस्त्र प्रहरीले पक्राउ गर्ने क्रममा झडप भएको थियो ।

अस्पतालमा उपचाररत सम्पूर्ण घाइतेहरूको आवश्यक सम्पूर्ण उपचार व्यवस्था मिलाउनु शर्माले माग गर्नुभएको छ । पुरै गाउँ आतङ्कित बन्नेगरी, निहत्था नागरिक गम्भीर घाइते भएर अस्पताल पुर्‍याउनु पर्ने अवस्था सिर्जना हुनेगरी घटना हुनु अत्यन्तै दुःखद भएको छ, ध्यानाकर्षण पत्रमा भनिएको छ । घटनाको ढाकछोप र अमैत्रीपूर्ण टालटुले समाधान नखोज्न पनि आग्रह गरिएको छ । सीमा क्षेत्रमा हुने बेथितिका गतिविधिलाई निरुत्साहित र नियन्त्रण गर्न सुरक्षा निकाय र सचेत स्थानीयवासीबिच समझदारीपूर्ण सहकार्य जरुरी रहेको शर्माले बताउनुभएको छ । स्थानीय सरकारको समन्वयमा समझदारी र सहकार्यको वातावरण निर्माण गर्न पनि उहाँले स्थानीय प्रशासनको समेत ध्यानाकर्षण गराउनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख मिलन केसीका अनुसार घटनाको विषयमा आवश्यक अनुसन्धान सुरु भइसकेको छ । सशस्त्र प्रहरीले समेत आन्तरिक रूपमा छानबिन समिति बनाएर घटनाको विषयमा छानबिन सुरु गरिसकेको जनाएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...