मलावीमा भीषण बाढीः एक जनाको मृत्यु, हजारौं विस्थापित

Published on

काठमाडौं । मलावीमा आएको भीषण बाढीका कारण एक जनाको मृत्यु हुनुका साथै हजारौँ विस्थापित भएका छन्।

दुई जिल्लाहरू– मध्यक्षेत्रको न्खोटाकोटा र उत्तरी क्षेत्रको करोंगामा बढी क्षति भएको छ । बाढीका कारण न्खोटाकोटामा मात्रै सात हजारभन्दा बढी विस्थापित भएको र विस्थापितलाई जिल्लाका नौ वटा शिविरमा सारिएको विपद् व्यवस्थापन विभाग (डीओडीएमए) ले जनाएको छ । दुवै जिल्लामा घर तथा व्यापारिक संरचना ध्वस्त हुनुका साथै धान, कासवा, मकैलगायतका बालीसहितको हजारौँ हेक्टर खेतीयोग्य जमिन बगाएको छ ।

लगातारको वर्षाले सडक र पुलमा थप क्षति पुर्‍याएको र प्रभावितलाई अत्यावश्यक सेवा पुर्‍यFउने काममा अत्यधिक असर परेको बताइएको छ । मलावी तालको किनारमा अवस्थित न्खोटाकोटा र करोंगा जिल्ला बाढीको जोखिममा पर्छन् ।

सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

ताजा समाचार

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...

गाजा युद्ध १२ औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

काठमाडौं । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ...

जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक...