बेपत्ता बालक खोज्न सेतीको बाँध खोलिने

Published on

काठमाडौं । शुक्रबारदेखि पोखराको सेती नदीमा बेपत्ता भएका बालकको खोजीका लागि सेती बाँध खोलिने भएको छ । शुक्रबार पोखरा–११, फूलबारी बस्ने १६ वर्षीय सुगम बास्तोला पोखरा–३ को नदीपुरमा रहेको सेती नदीको पुरानो पुलबाट हाम फाली बेपत्ता रहेको कास्की प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीको उद्धार टोलीले घटनास्थलबाट तल झरी नदीमा खोजतलास गर्दासमेत बास्तोलालाई फेला पार्न सकेको छैन । सुगमको परिवारले नदीको बाँध खोली खोजतलास गरिदिन अनुरोध गरेकाले बुधबार बिहान १० देखि २ बजेसम्म बाँध खोलिने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिनुभयो । पोखरा–१६, दीपमा रहेको बाँध खोली पानीको बहाव बढेपछि खोजतलास गरिने जनाउँदै मानन्धरले नदी वरिपरि काम गर्ने तथा आवतजावत गर्नेहरूलाई सावधानी अपनाउन र सो समयमा नदी आसपास नजान आग्रह गर्नुभएको छ ।

यस्तै, दुई दिनअनि पनि कास्की प्रहरीले सेती नदीमा बेपत्ता माछा मार्न जाँदा बेपत्तालाई खोज्न बाँध खोलेको थियो ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...