लक्ष्यभन्दा ७३ प्रतिशत राजस्व सङ्कलन

Published on

काठमाडौं । आन्तरिक राजस्व कार्यालय, हेटौँडाले गत माघ मसान्तसम्ममा चालु आर्थिक वर्ष २०८०(०८१ का लागि पाएको लक्ष्यको ७३ प्रतिशतभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

चालु आवको कुल राजस्व सङ्कलन चार अर्ब ७१ करोड ९७ लाख ८३ हजार रुपियाँ रहेकोमा कार्यालयले गत साउनदेखि माघ मसान्तसम्मको अवधिमा ७३।४९ अर्थात् तीन अर्ब ४६ करोड ८७ लाख २३ हजार रुपियाँ राजस्व सङ्कलन गरेको हो । कार्यालयको माघ महिनाको मात्र ५७ करोड ६६ लाख ८८ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकोमा सो एक महिनामा लक्ष्यको ९३।१८ प्रतिशत अर्थात ५३ करोड ७३ लाख ६१ हजार रुपियाँ राजस्व सङ्कलन गरेको कार्यालयले जनाएकको छ । कार्यालयले गत पुस मसान्तसम्ममा दुई अर्ब ९१ करोड ११ लाख ७६ हजार रुपियाँ राजस्व सङ्कलन गरेको थियो । राजस्व कार्यालयले आयकर, घर बहाल कर, ब्याज कर, मूल्य अभिवृद्धि कर, अन्तः शुल्क र स्वास्थ्य सेवा कर शीर्षकमा राजस्व सङ्कलन गर्दै आएको छ ।

कार्यालयले गत माघ महिनामा आयकर, ब्याज कर र मूल्य अभिवृद्धि करमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको थियो । कार्यालयले चालु आवको गत साउनदेखि माघ मसान्तसम्मको अवधिमा आयकरवापत ५६ करोड ७० लाख ८५ हजार, घर बहाल करवापत ९८ लाख २१ हजार, ब्याज कर पाँच करोड ५३ लाख, मूल्य अभिवृद्धि कर ६२ करोड ४१ लाख चार हजार, अन्तः शुल्क एक अर्ब ८८ करोड ३२ लाख ७१ हजार र स्वास्थ्य सेवा कर ३२ करोड ९१ लाख ४३ हजार रुपियाँ राजस्व सङ्कलन गरेको जनाएको छ ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...