स्वाइन फिभरको प्रकोपले बङ्गुरपालन घट्दै

Published on

काठमाडौं । झापाको कमल गाँउपालिकामा स्वाइन फिभरको प्रकोपका कारण बङ्गुर पालन घट्दै गएको छ । केही समयअघिसम्म सबैभन्दा आकर्षण बनेको बङ्गुर पालन व्यवसाय विभिन्न रोगको प्रकोपले अहिले घट्दो अवस्थामा रहेको जनाईएको छ ।

कमल गाँउपालिकाका साथै झापा जिल्लाभर नै बङ्गुर पालनबाट किसानहरु विस्थापित बन्दै गएका छन् । कमल गाउँपालिकाका पशु शाखाका प्रमुख दिपेन्द्र लामिछानेका अनुसार पछिल्लो समयमा विभिन्न रोगहरुका कारण किसानहरुले बङ्गुर पालन छाड्दै गएकाले खोरहरु रित्तिएका छन् । अफ्रिकन र एशियन गरी दुई प्रकारका भाइरसको संक्रमण देखिएको छ । जसमध्ये अफ्रिकन खतरनाक छ । पालिकामा २२ हजार बयस्क बङ्गुर रहेकोमा अहिले यो घटेर आधा भएको अनुमान गरिएको उहाँले जनाउनुभयो । कमलमा मात्र एक सय २७ वटा व्यवसायिक वंगुर फार्महरु दर्ता भएका छन् । यसैगरी भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाका पशु चिकित्सक डा। रोशन दहालका अनुसार बङ्गुरमा देखिने रोगकाल कारणले गर्दा बङ्गुर पालन क्षेत्रमा ठुलो समस्या परेको बताउनुभयो । पछिल्लो समयमा भाइरसको संक्रमण झन् बढ्दो अवस्थामा रहेको उहाँले बताउनुभयो ।

आफैं पनि यो भाइरस हराउन सक्ने भएकाले अहिले भाइरसको समस्याको विषयमा जाँच गर्न लागिएको समेत उहाँले जानकारी दिनुभयो । पुराना खोरहरुमा नयाँ बङ्गुर ल्याएर राख्दा पनि भाइरस सर्ने जोखिम धेरै रहेको उहाँले बताउनुभएको छ । एकपटक रोग देखा परेको बङ्गुर फार्ममा लामो समयसम्म भाइरस रहेको हुनसक्ने पशु चिकित्सक दाहालले बताउनुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...