ट्रक दुर्घटनामा चालक र सहचालक घाइते

Published on

काठमाडौं । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा बुधबार बिहान ट्रक दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन् ।प्रहरीका अनुसार मेरिङ्देन गाउँपालिकास्थित खाम्लुङ दोभान–सान्थाक्रा सडक खण्डमा ना ५ ख ३२७६ नम्बरको ट्रक दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीका अनुसार बिहान १०ः३० बजे ट्रक दुर्घटना भएको हो । सो दुर्घटनामा परी ट्रकका चालक नुवाकोट जिल्ला घर भएका ३१ वर्षीय गोपी खड्की र धादिङ जिल्ला घर भएका सहचालक १७ वर्षीय रविन परियार घाइते हुनुभएको प्रहरी निरीक्षक लुङ्गेलीले जानकारी दिनुभयो हाँकाअनुसार घाइते दुवैजनाको जिल्ला अस्पताल ताप्लेजुङमा सामान्य अवस्थामा उपचार भइरहेको छ । एशियन हाइड्रोपावर कम्पनीको सामग्री बोकेर सान्थाक्रातर्फ जाँदै गरेको ट्रक खाम्लुङमा दुर्घटना भएको हो । ब्रेक फेल भई दुर्घटना भएको र ट्रक सडकदेखि करिव १०० तल झरेको प्रहरीले जनाएको छ ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...