ट्रक दुर्घटनामा चालक र सहचालक घाइते

Published on

काठमाडौं । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा बुधबार बिहान ट्रक दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन् ।प्रहरीका अनुसार मेरिङ्देन गाउँपालिकास्थित खाम्लुङ दोभान–सान्थाक्रा सडक खण्डमा ना ५ ख ३२७६ नम्बरको ट्रक दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीका अनुसार बिहान १०ः३० बजे ट्रक दुर्घटना भएको हो । सो दुर्घटनामा परी ट्रकका चालक नुवाकोट जिल्ला घर भएका ३१ वर्षीय गोपी खड्की र धादिङ जिल्ला घर भएका सहचालक १७ वर्षीय रविन परियार घाइते हुनुभएको प्रहरी निरीक्षक लुङ्गेलीले जानकारी दिनुभयो हाँकाअनुसार घाइते दुवैजनाको जिल्ला अस्पताल ताप्लेजुङमा सामान्य अवस्थामा उपचार भइरहेको छ । एशियन हाइड्रोपावर कम्पनीको सामग्री बोकेर सान्थाक्रातर्फ जाँदै गरेको ट्रक खाम्लुङमा दुर्घटना भएको हो । ब्रेक फेल भई दुर्घटना भएको र ट्रक सडकदेखि करिव १०० तल झरेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ

काठमाडौं । कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा । डाँडामाथि माटोका छाना भएका...

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...