हडिया देवधार जोड्ने त्रियुगा नदीमा पक्की पुल निर्माण

Published on

काठमाडौं । उदयपुरको चौदणिडगढी नगरपालिका १० स्थित हडिया देवधारस्थित मदनभन्डारी राजमार्गमा जोड्नेगरी त्रियुगा नदीमा पक्की पुल निर्माणको काम धमाधम हुँदैछ । नेपाल सरकार सडक विभागको पुल महाशाखाले डिजाइन एण्ड ब्रिज मोडेल अन्तर्गत मदनभण्डारी राजमार्गको गाईघाट बेल्टार खण्डको देवधारमा हडिया क्षेत्रलाई जोड्ने गरी सो पुल निर्माण सुरु गरेको हो ।

विभागको पछिल्लो नीति अनुसार निर्माण व्यवसायीले नै माटो परीक्षण, वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन तयार पार्ने र लागत ईष्टमेटका आधारमा बजेट सुनिश्चित भएपछि तोकिएको समयसिमा भित्र पुल निर्माण गरिसक्ने गरी डिजाइन स्वीकृत भएकोले हडिया देवधार जोड्ने त्रियुगा पुलको निर्माण सुरु गरिएको हो । विभागको पुल सेक्टर धरानका इन्जिनियर सर्मिला वेसाराका अनुसार सूर्य एण्ड सन्स प्रालि निर्माण कम्पनी धरान सुनसरीले ४० करोड ३४ लाख ८८ हजार आठसय रुपियाँको लागतमा दुवै तर्फको गरी छ सय ५० मिटर लामो एप्रोच सडकसहितको तीसय २० मिटर लम्बाइ तथा ११ मिटर चौडाइको उच्च गुणस्तरको दुईलेनको पाएलस फाउण्डेशन डिजाइनमा उक्त मोटेरेवल पक्की पुन निर्माण गर्न सुरु गरेको हो ।

निर्माण कम्पनीले ४२ महिनाभित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न गरीसक्ने गरी २०७९ साल मङ्सिर २१ गते ठेक्का सम्झौता गरेको हो । सम्झौतापछि स्वायल टेष्ट अर्थात् माटो परीक्षणको काम सम्पन्न गरी पुलको विस्तृत डिजाइन तयार पारेर नेपाल सरकारको पुल महाशाखामा बुझाएको र त्यसपछि आयोजनाबाट डिजाइन पास भएपछि मात्रै निर्माण सम्बन्धी अरू कामले गति लिएको कम्पनीका निर्देशक उमेश श्रेष्ठले बताउनुभयो । तर सरकारले क्रमागत रूपमा कम्तीमा पनि प्रतिवर्ष १४ करोड रुपियाँ उक्त पुल निर्माणका लागि विनियोजन गर्नु पर्नेमा एकदम न्यून रकम विनियोजन गरेकोले निर्माणको काम बिचैमा अलपत्र हुनसक्ने स्थिति रहेको पुल सेक्टर धरानका योजना प्रमुख दरोगाप्रसादले बताउनुभयो ।

उहाँका अनुसार चालु आर्थिक वर्ष २०८०।०८१ का लागि सरकारले एक करोड ४१ लाख रुपियाँ मात्र यो पुल निर्माणको लागि राखेकोले अव काम अगाडि बढाउन आर्थिक रूपले असहज भएको छ । तर विभागले थप रकम उपलब्ध गराउने आश्वासन दिए अनुसार बजेट अभाव नहुने हो भने चालु आवको असार मसान्त सम्ममा फाउण्डेशनको काम सम्पन्न गर्नेगरी अहिले युध्दस्तरमा निर्माणको काम अगाडि बढाइएको उहाँले बताउनुभयो । यस क्षेत्रका प्रतिनिधि सभा सदस्य एवम् पूर्व परराष्ट्रमन्त्री डा।नारायण खड्काको सक्रियतामा तयार पारिएको सो योजनाका सम्बन्धमा स्थानीय तहमा काम हुने कि नहुने वा चुनावी नारामा मात्रै सीमित हुने हो कि भन्ने व्यापक दुबिधा हुँदै आएकोमा अब भने त्यस्तो दुबिधा नरहेको स्थानीय बासिन्दा एवम् चोदणिडगढी नगरपालिका १० नम्बर वडाका वडा अध्यक्ष धर्मराज खड्काले बताउनुभयो ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...