सम्पदा संरक्षणमा सरकारी निकाय सक्रिय बन्नुपर्ने

Published on

काठमाडौं । ऐतिहासिक सम्पदाको संरक्षणमा सरकारी निकाय सक्रिय बन्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । सरकारी निकायको बेवास्ताले ऐतिहासिक, पुरातात्त्विक र धार्मिक सम्पदामाथि अतिक्रमण भइरहेकाले त्यस्ता सम्पदाको संरक्षण गर्न सरकारी निकाय सक्रिय हुनुपर्ने सहभागीहरूले बताएका हुन् ।

तानसेन नगरपालिकाद्वारा बुधबार तानसेनमा आयोजित अन्तरक्रियामा सहभागीहरूले सरकारी निकायबाट सम्पदाको संरक्षण वृहत् योजना आवश्यक रहेको औँल्याएका छन् । पाल्पामा सेनकालीन, राणाकालीन तथा मगर समुदायको ऐतिहासिक संरचना र सम्पदा भएपनि त्यसलाई संरक्षण गर्न ठोस योजना बन्न नसकेको इतिहासविद् निर्मल श्रेष्ठले बताउनुभयो । जिल्लाको रानीमहल, भैरवस्थान, पाल्पा दरबार तथा नारायणस्थानमा रहेका सम्पदामाथि विभिन्न तवरबाट अतिक्रमण भइरहेको उहाँले बताउनुभयो । पाल्पा दरबार परिसरमा प्रशासन, प्रहरी, अनुसन्धान तथा सेनाले जथाभाबी भवन निर्माण गरेको सहभागीले बताएका छन् । पाल्पा दरबार क्षेत्रलाई ऐतिहासिक एवम् पर्यटकीय स्थलको रूपमा विकास गरेर जानुपर्नेमा केही सरकारी निकायबाटै सम्पदामाथि अतिक्रमण भएको नेकपा एमालेका जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेले बताउनुभयो । सरकारी कार्यालयले नै अटेर गरेर ऐतिहासिक सम्पदाभित्र संरचना बनाउने, जथाभाबी संरचना भत्काउने कार्य गर्नु दुखद् भएको उहाँको भनाइ छ ।

पुरातत्त्व विभागले भने पाल्पाका ऐतिहासिक सम्पदा जोगाएर नगरपालिकाले विभिन्न फाइदा लिन सक्ने जनाएको छ । ऐतिहासिक रूपमा रहेका व्यक्तिगत र सार्वजनिक सम्पदा जोगाउनका लागि स्थानीय बासिन्दा र नगरपालिकाको महत्त्वपूर्ण भूमिका हुने विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले बताउनुभयो । विभागले वर्गीकरण गरेर महत्त्वपूर्ण सम्पदा जोगाउनका लागि काम गरिरहेको र केही संरचना बजेटका कारण संरक्षणमा एकै पटक काम गर्न नसकेको प्रधानाङ्गले बताउनुभयो । पाल्पा दरबार परिसरको १७ वर्षअघि नै गुरुयोजना बनेपनि त्यसलाई बाहिर सार्वजनिक नगर्दा दरबार क्षेत्र अतिक्रमणमा परेको बताइएको छ । पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले पाल्पा दरबार परिसरको विकास एवम् संरक्षणका बारेमा पहिल्यै गुरुयोजना बनेपछि आफूलाई हालै मात्र जानकारी प्राप्त भएको बताउनुभयो । अन्तरक्रियामा विभागका वरिष्ठ अधिकृत रामबहादुर कुवरले तानसेन ऐतिहासिक सहरको रूपमा स्थापित गर्न नगर सरकारले कार्यक्रम बनाउनुपर्नेमा जोड दिनुभयो । तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले नगरपालिकाको कमजोर आर्थिक अवस्थाका कारण कतिपय स्थानमा चाहेर पनि सम्पदा संरक्षणका लागि काम गर्न नसकेको बताउनुभयो।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...