रियल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

Published on

काठमाडौं । स्पेनिस क्लब रियल म्याड्रिड युईएफए च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा बुधबार राति भएको खेलमा रियलले जर्मन क्लब आरबी लेइपजिगलाई १–१ गोलको बराबरीमा रोक्दै रियल क्वार्टरफाइनलमा पुगेको हो । समग्रमा २–१ गोलको जित निकालेको रियल पहिलो लेगमा १–० गोलले विजयी भएको थियो । रियलका लागि भिनियस जुनियरले ६५औँ मिनेटमा गोल गर्नुभयो । उहाँले वेलिंघमको पासमा गोल गर्दै घरेलु समर्थकको उत्साह जगाउनुभयो । त्यसपछि ६८औँ मिनेटमा लेइपजिगका विलि ओर्बानले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो ।

बुधबार राति नै भएको अर्को खेलमा साबिक विजेता म्यानचेस्टर सिटीले एफसी कोपेनहागेनलाई ३–१ गोलले हराउँदै क्वार्टरफाइनलमा पुगेको छ । सिटी समग्रमा ६–२ गोलले विजयी भयो । एजेन्सी

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...