रियल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

Published on

काठमाडौं । स्पेनिस क्लब रियल म्याड्रिड युईएफए च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा बुधबार राति भएको खेलमा रियलले जर्मन क्लब आरबी लेइपजिगलाई १–१ गोलको बराबरीमा रोक्दै रियल क्वार्टरफाइनलमा पुगेको हो । समग्रमा २–१ गोलको जित निकालेको रियल पहिलो लेगमा १–० गोलले विजयी भएको थियो । रियलका लागि भिनियस जुनियरले ६५औँ मिनेटमा गोल गर्नुभयो । उहाँले वेलिंघमको पासमा गोल गर्दै घरेलु समर्थकको उत्साह जगाउनुभयो । त्यसपछि ६८औँ मिनेटमा लेइपजिगका विलि ओर्बानले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो ।

बुधबार राति नै भएको अर्को खेलमा साबिक विजेता म्यानचेस्टर सिटीले एफसी कोपेनहागेनलाई ३–१ गोलले हराउँदै क्वार्टरफाइनलमा पुगेको छ । सिटी समग्रमा ६–२ गोलले विजयी भयो । एजेन्सी

ताजा समाचार

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...

गाजा युद्ध १२ औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

काठमाडौं । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ...

जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक...