‘रक्तदानलाई अभियानकै रूपमा सञ्चालन गर्नुपर्छ’

Published on

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले रक्तदानलाई अभियानकै रूपमा सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।

ब्ल्ड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) को आयोजनामा शनिबारदेखि सुरु भएको दोस्रो अन्तर्राष्ट्रिय रक्तसम्मेलन उद्घाटन गर्नुहुँदै उहाँले स्वयंसेवी रक्तदाताको सङ्ख्या बढाउन सरकारी र गैरसरकारी क्षेत्रबाट निरन्तर अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो । रक्तदानसम्बन्धी जनचेतना जागृत गर्न सरकारले विशेष ध्यान दिने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो । सरकारले प्रदान गर्ने लोककल्याणकारी विज्ञापनमा रक्तदाता सचेतनासम्बन्धी सामग्री थप्ने प्रतिबद्धता व्यक्त गर्नुहुँदै मन्त्री शर्माले अन्य सार्वजनिक सूचना र सन्देशमा पनि यसलाई अनिवार्य बनाएर लैजाने बताउनुभयो । दाताले रगत निःशुल्क दान गरे पनि प्रशोधनलगायत सेवा शुल्क लिँदा रगत लिनेले शुल्क तिर्नुपर्ने बाध्यता रहेकाले यसलाई हटाउन आवश्यक बजेट व्यवस्थापनका लागि सरकारले ध्यान दिने प्रतिबद्धता पनि मन्त्री शर्माले व्यक्त गर्नुभयो ।

सामान्य अवस्थामा पनि रगत आवश्यक पर्ने उल्लेख गर्नुहुँदै उहाँले नेपाल विपद्को जोखिममा रहेकाले आपत्कालीन रगत व्यवस्थापनलाई समग्र विपद् व्यवस्थापनकै एउटा पाटोको रूपमा जोडेर लैजानुपर्ने बताउनुभयो । रेडक्रस, ब्लड डोनर्स एसोसिएसन जस्ता संस्थाले नेपालमा रगत व्यवस्थापनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुहुँदै उहाँले यसलाई देशकै निरन्तर अभियानको रूपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...