कार्यव्यवस्था परामर्श समितिको बैठक

Published on

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीले आज लिनुहुने विश्वासको मत र आगामी १५ दिनका लागि सभाको कार्यतालिका तर्जुमाका विषयमा सभामुख देवराज घिमिरेले आह्वान गर्नुभएको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ ।

यही फागुन २१ गते सत्ता गठबन्धनमा फेरबदल भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदै हुनुहुन्छ । सोको प्रक्रिया र आगामी १५ दिनका लागि संसद्को कार्यतालिका बनाउन परामर्श समितिको बैठक भएको हो । बैठकमा नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, उपसभामुख इन्दिरा राना, संसद्मा रहेका विभिन्न दलका प्रमुख सचेतक÷सचेतकहरूको उपस्थिति रहेको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे राखिएको छ । सत्ता गठबन्धनमा हेरफर भएपछि गत १५ दिनको कार्यतालिका प्रभावित भएको थियो । रासस

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...