नेपालगन्जमा मिर्गौला दिवस मनाइयो

Published on

काठमाडौं । नेपालगन्जमा मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकिय अभ्यासु भन्ने मुल नाराका साथ विभिन्न कार्यक्रम गरेर विश्व मिर्गौला दिवस बिहिबार मनाइएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले दिवसको अवसरमा बिहान नगरमा प्रभातफेरी आयोजना गरेको थियो । उपमहानगरपालिका परिसरबाट सुरु भएको प्रभातफेरी गणेशमान चोकमा पुगेर समापन भएको थियो । समापन कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले पछिल्लो समयमा मिर्गौला रोग पनि धेरै जनामा देखिन थालेकोले सो बाट जोगिने उपाय र सचेतनाका कार्यक्रमसहित उपचारमा पनि ध्यान दिनु आवश्यक रहेको बताउनुभयो । भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा पवन रायमाझीले मिर्गौला रोगको जोखिम कम गर्न आफैं सचेत हुनुपर्ने धारणा राख्दै समय समयमा मिर्गौला सम्बन्धी परीक्षण र खानपिनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द, भेरी अस्पतालका नेफ्रोलोजिष्ट डा सौरभ हमाल लगायतले मिर्गौला रोगबाट जोगिने उपायबारे आफ्नो धारणा राख्नुभयो । सोही प्रकारले भेरी अस्पतालले पनि मिर्गौला दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम गरेको छ । अस्पतालबाट सुरु भएको प्रभातफेरी सुर्खेत रोडको गणेशमा चोक, बिपि चोक त्रिभुवन चोक हुँदै भेरी अस्पतालमा पुगेर समापन भएको भेरी अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा पारश श्रेष्ठले जानकारी दिनुभयो । प्रभातफेरीमा अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाह, अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रायमाझी, मेडिसिन बिभाग प्रमुख डा राजन पाण्डे, नर्सिङ प्रमुख दुर्गा श्रेष्ठ, चिकित्सक, नर्सिङ स्टाफ लगायतको सहभागता थियो । सो अवसरमा आयोजित कार्यक्रममा पनि चिकित्सकहरुले विश्वभरि नै मिर्गौला रोगको प्रकोप बढी रहेको परिप्रेक्षमा रोगको पहिचान तथा उपचार र रोकथामका महत्वपूर्ण उपायहरूबारे सबैलाई सचेत गराउने उद्देश्यले मिर्गौला दिवसको आयोजना गर्ने गरिएको जनाउनुभयो ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...