सुविधासम्पन्न प्रशासनिक भवन

Published on

काठमाडौं । बगनासकाली गाउँपालिकाको सुविधासम्पन्न प्रशासनिक भवन बनेको छ । दुई वर्ष लगाएर बगनासकाली गाउँपालिकाले नयाँ प्रशासनिक भवन निर्माण सम्पन्न गरेको हो । बगनासकाली–१, चिर्तुङधारास्थित चिलाङ्दीमा निर्माण गरिएको प्रशासनिक भवनमा लिफ्टको सुविधासमेत छ ।

गाउँपालिकाको ४० प्रतिशत र सङ्घीय सरकारको ६० प्रतिशत गरी कुल छ करोड ४७ लाख ८४ हजार रुपियाँमा प्रशासनिक भवन निर्माण भएको हो । दुई वर्षभित्र काम सकिने गरी वि।स। २०७८ फागुन ८ गते ठेकेदार कम्पनी न्यू ड्रागन आरआर जेभीसँग भवन निर्माणका लागि सम्झौता भएको थियो । सम्झौता अनुसार समयमै भवन निर्माणको काम सकिएको पालिकाले जनाएको छ । भवन बनाउन भैरव मन्दिर सामुदायिक वनको गौचरनको जग्गा २५ वर्ष लिजमा लिइएको हो । गाउँपालिकाले भोगचलन गर्ने १३ रोपनी तीन आना जग्गामध्ये ११ आना जग्गाभित्र चार हजार १० वर्गफिटमा प्रशासकीय भवन निर्माण भएको पालिकाका इन्जिनियर प्रमोद कुँवरले बताउनुभयो । नयाँ बनेको भवन अपाङ्गतामैत्री र माथिल्लो तलामा जानआउनका लागि लिफ्टको व्यवस्था गरिएको उहाँले बताउनुभयो । जिल्लामै पहिलो पटक सरकारी कार्यालयको लिफ्टसहित प्रयोग भएको भवन पहिलो रहेको पालिकाले जनाएको छ ।

भवन निर्माण सकिएपछि आवश्यक पक्रिया पूरा गरी छिट्टै नयाँ भवनबाट सेवा आरम्भ गरिने पालिकाले जनाएको छ । हाल बगनासकाली–१, को चिर्तुङ्धाराको टहराबाट पालिकाले सेवा दिँदै आएको छ । नयाँ भवन बनेपछि सोही भवनबाट सेवा सुरु गर्ने तयारीमा रहेको पालिकाका अध्यक्ष सरस्वती चिदीले जानकारी दिनुभयो । नयाँ भवनबाट सेवा प्रवाह प्रभावकारी बन्ने र सबै पालिकावासीलाई पायक पर्ने उहाँले बताउनुभयो । साढे छ वर्षसम्म टहराबाट सेवा दिँदा समस्या भोगेका कर्मचारीले नयाँ भवन बनेपछि सेवालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताएका छन् । भवन र कोठा पर्याप्त नहुँदा कतिपय शाखाले एउटै कोठाबाट सेवा दिँदै आएका पालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले बताउनुभयो । नयाँ भवनमा शाखा अनुसारका कोठा, जनप्रतिनिधिको आवास सुबिधा तथा अन्य विभिन्न सुविधा रहेको उहाँले बताउनुभयो ।गोरखापत्र

ताजा समाचार

दाहस्थानमा प्रहरीचौकी !

काठमाडौं । जनताको सुरक्षामा खटिएका प्रहरी छ महिनादेखि दाहस्थानको सत्तलमा रात बिताइरहेका छन् ।...

इन्द्रजात्रामा लाखे व्यवस्थापनको विषयमा छलफल

काठमाडौं । इन्द्रजात्रामा लाखेको जात्रा व्यवस्थित तथा मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि शनिबार जात्रासँग...

गाजा युद्ध १२ औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना अझै क्षीण

काठमाडौं । गाजामा इजरायल र हमासबीचको युद्ध शनिबार १२ औँ महिनामा प्रवेश गरेको छ...

जर्मनीको जङ्गलमा भीषण डढेलो, सयौँ मानिसलाई सुरक्षित स्थलमा सारियो

काठमाडौं । मध्य जर्मनीको पहाडी क्षेत्रमा लागेको भीषण डढेलो नियन्त्रणका लागि शनिबार अग्नि नियन्त्रक...