अस्ट्रेलियाका कोषाध्यक्षद्वारा सरकारी राजश्व घट्ने चेतावनी

Published on

काठमाडौं । अस्ट्रेलियाका कोषाध्यक्ष जिम चाल्मर्सले कमोडिटीको मूल्यमा गिरावट र वेरोजगारीमा वृद्धिले अस्ट्रेलियाको आगामी सङ्घीय बजेटमा राजश्व प्रक्षेपणमा नकारात्मक असर पार्ने चेतावनी दिनुभएको छ ।

चाल्मर्सले आर्थिक विकासका लागि समितिलाई दिएको भाषणमा अस्ट्रेलिया सरकारको तेस्रो सङ्घीय बजेट मेमा हस्तान्तरण गर्ने बताउनु भयो । उहाँले विश्वव्यापी अनिश्चितता, जीवनयापनको लागतको निरन्तर दबाब र सुस्त आर्थिक वृद्धिलाई बजेटबारे सरकारको सोचका तीन ठुला चालकका रूपमा पहिचान गर्नुभयो । उहाँले अस्ट्रेलियाली सरकारले फलामको मूल्यमा आएको गिरावट र श्रम बजारको कमजोरीका कारण अनुमान गरेभन्दा बढी कर प्राप्तिको कारणले गर्दा ठूलो राजश्व अपग्रेडमा भर पर्न नसक्ने बताउनु भयो । आर्थिक वर्ष २०२१–२२ मा १३२।४ बिलियन अस्ट्रेलियाली डलर ९८७।६ बिलियन डलर को निर्यात भएको फलाम अस्ट्रेलियाको सबैभन्दा ठुलो निर्यात हो । तर चाल्मर्सले आफ्नो भाषणमा गत साता फलामको मूल्य १० प्रतिशतले घटेको बताउनु भयो । चाल्मर्सले अस्ट्रेलियाको श्रम बजार लचिलो भएको बताउनु भयो । सिन्ह्वा\न्यूज एजेन्सी नेपाल

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...